

थाइल्याण्डका प्रधानमन्त्रीको सम्पत्ति ४० करोड अमेरिकी डलर, २० लाखका ह्यान्डब्याग अनि ५० लाखका घडी



एजेन्सी : थाइल्याण्डका प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्राले शुक्रबार ४० करोड अमेरिकी डलरभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। उनले आफूसँग २० लाख अमेरिकी डलरभन्दा बढी मूल्यका २०० भन्दा बढी डिजाइनरद्वारा बनाइएका ह्यान्डब्याग र करिब ५० लाख अमेरिकी डलर मूल्यका कम्तीमा ७५ वटा लक्जरी घडी रहेको बताएकी छन्।
थाई टेलिकमका मालिक तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी कान्छी छोरी पेटोङ्टार्नले गत सेप्टेम्बरमा थाइल्यान्डमा २० वर्षमा सरकारको नेतृत्व गर्ने परिवारका चौथो सदस्यका रूपमा पदभार ग्रहण गरेकी थिइन्।
पेटोङटार्नले आफ्नो सम्पत्ति र दायित्व राष्ट्रिय भ्रष्टाचार विरोधी आयोग (एनएसीसी)को अनुरोधमा घोषणा गरेकी हुन्। उनले आफूसँग कूल १३ अर्ब ८० करोड भाट (४० करोड अमेरिकी डलर) बराबरको सम्पत्ति रहेको बताएकी छन्।
उनको लगानी ११ अर्ब भाट रहेको र एक अर्ब भाट निक्षेप र नगद रहेको घोषणामा उल्लेख छ।
उनको अन्य सम्पत्तिमा करिब सात करोड ६० लाख बाहत मूल्यका २१७ वटा ह्यान्डब्याग र १६ करोड २० लाख भाट बराबर मूल्यका ७५ वटा घडी रहेको उल्लेख छ। उनले आफूसँग बेलायती र जापानका अन्य सामान पनि सम्पत्तिका रूपमा रहेको उल्लेख गरिन्।
स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेको एनएसीसीको दस्तावेजअनुसार उनले करिब पाँच अर्ब भाटको अन्य दायित्व पनि घोषणा गरेकी छन्। योसहित उनको कूल सम्पत्ति २५ करोड ८० लाख अमेरिकी डलर दिएको थियो।
फेउ थाई पार्टीका एक प्रतिनिधिले एएफपीसँग कुरा गर्दै थाइ सञ्चारमाध्यमले सार्वजनिक गरेको तथ्याङ्क सही भएको पुष्टि गरेका छन्।
फोब्र्सका अनुसार कुनै समय म्यानचेस्टर सिटी फुटबल क्लबको मालिकसमेत पेटोङ्टार्नका पिता तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर छ। फोब्र्सको सूचीमा उनी थाइल्याण्डको १० औं धनी व्यक्ति हुन्।
थाक्सिनले आफ्नो शिन कर्प दूरसञ्चार कम्पनीले कमाएको धनलाई राजनीतिमा उत्प्रेरित गर्न प्रयोग गरेका थिए। उनको परिवार निर्वासनमा रहेका वर्षहरूमा पनि थाइ राजनीतिमा प्रभावशाली थियो।
विश्लेषकहरूका अनुसार थाइल्याण्डमा सम्पत्ति र पारिवारिक विरासतको लामो समयदेखि सम्बन्ध देखिँदै आएको थियो।
सुखोथाई थाम्माथिरात विश्वविद्यालयका युट्टापोर्न इस्साराचाइले एएफपीसँग भने, ‘पूर्ण रूपमा क्रियाशील लोकतन्त्र नभएको देशमा राजनीतिक गतिविधिमा पैसाको महत्वपूर्ण भूमिका हुन्छ।’
पारदर्शिताको कमीको दावीको साथ यसलाई अक्सर सैन्य हस्तक्षेपको लागि जिम्मेवार मानिने गरिएको छ।
थाइल्याण्डको संवैधानिक अदालतले गत अगस्टमा पदच्युत गर्दा पेटोङ्टार्नका पूर्ववर्ती प्रधानमन्त्री श्रेता थाभिसिनले ९८ करोड ५० लाख भाटको सम्पत्ति घोषणा गरेका थिए।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया