

दक्षिण काेरियामा भयानक विमान दुर्घटना : मृतककाे संख्या १२४ पुग्याे !



काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।
आइतबार बिहान साढे १२ सम्ममा मृत्यु हुनेको संख्या १२४ पुगेको बीबीसीको समाचारमा उल्लेख छ । मृत्यु हुनेमा ५४ पुरुष र ५७ महिला छन् । १३ शवको पहिचान भने खुल्न सकेको छैन ।
दुर्घटना स्थलमा दमकल विभागका ४९० कर्माचारी, ४५५ पुलिस अधिकारीसहित कुल १ हजार ५६२ मानिसलाई खटाइएका छन् ।
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान अवतरणका क्रममा एक विमान दुर्घटनामा परेको हो ।
सो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।
जेजु एयरको यो विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।
दक्षिण कोरियाको दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ ।
समाचार एजेन्सी योनहापकाअनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुईजना थाइल्याण्डका थिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया