

पाकिस्तानमा विषाक्त धूवाँका कारण एकैदिन १५ हजार जनाभन्दा धेरैमा श्वासप्रश्वासजन्य सङ्क्रमण



एजेन्सी | लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धूवाँ फैलिँदा २४ घण्टामा १५ हजार जनाभन्दा धेरैमा श्वासप्रश्वासजन्य सङ्क्रमण भएको छ । लाहोरका अस्पताल सुक्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा सङ्क्रमण भएका बिरामीहरूले भरिएका एरी न्युजले उल्लेख गरेको छ ।
प्रदूषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामी उपचारका लागि पुगेका छन् । प्रदूषण र धूवाँले निमोनिया, छातीको सङ्क्रमण र छालाका रोगसहित विभिन्न भाइरल रोगहरूमा वृद्धि भएको खबरमा उल्लेख छ ।
पाकिस्तानका विभिन्न भागहरूमा धट्ठलो तथा धूवाँको प्रदूषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी गाडीहरूलाई अतिआवश्यक कामका लागि बाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेजहरू बन्द छन् ।
पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धूवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ ले पनि रिपोर्ट गरेको छ । पाकिस्तानको पञ्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकाङ्क नोभेम्बर १० मा एक हजार नौ सयभन्दा माथि पुगेको थियो ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया