

विश्वव्यापी चर्चित पप गायक लियाम पेनको होटलबाट खसेर ज्यान गयो


काठमाण्डौ : चर्चित पप ब्याण्ड ‘वन डाइरेक्शन’ का पूर्वसदस्य गायक लियाम पेनको ३१ वर्षको उमेरमा ज्यान गएको छ । अर्जेन्टिनामा ब्यूनस आयर्सको एक होटलको तेस्रो तल्लाबाट खसेर लियाम पेनको ज्यान गएको बीबीसीले जनाएको छ । पालेर्मोको कोस्टारिका स्ट्रिटमा रहेको होटलमा यो दुर्घटना भएको हो । यसै महिनामा उहाँले अर्जेन्टिनामा भएको एक कन्सर्टमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
बेलायतमा जन्मिएका लियाम सन् २०१० मा आफ्नै देशको रियालिटी शो ‘द एक्स फ्याक्टर’ मा सहभागी भएपछि उहाँसहित जयान मालिक, ह्यारी स्टाइल, लौइस टमलिनसन र नियाल होरानले ‘वन डाइरेक्शन’ नामक पप ब्याण्ड बनाउनुभएको थियो । यो ब्याण्ड २०१६ मा निष्क्रिय भएको थियो ।
पाँच वटा एल्बल निकालेको यस ब्याण्डले २०१३ मा निकालेको तेस्रो एल्बम मिडनाइट मेमोरिज २०१३ विश्वभर धेरै बिक्री भएको एल्बम बनेको थियो ।
लियामको निधन भएको खबर फैलिएपछि प्रशंसकहरू ब्यूनस आयर्सको होटल बाहिर भेला भएका छन् । श्रद्धाञ्जलीका लागि ठूलो भीड जम्मा भएका कारण प्रहरीले होटलको प्रवेशद्वार बन्द गर्नुपरेको खबरमा उल्लेख छ ।


खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया