



कपिलवस्तुका अस्पतालमा ज्वरो र डंगुको बिरामी बढे


गुलाम अली,कपिलबस्तु । कपिलवस्तु अस्पतालमा ५ जनालाई डंगु रोग देखा परेको छ । मौसममा आएको परिर्वतनले गर्दा दैनिक १५ देखि २० जना ज्वरोका बिरमीहरु मात्रै कपिलबस्तु अस्पतालमा जाँचा गराउन आउने गर्छन् ।
सामान्य खालको ज्वरो बच्चाहरुमा बढी लाग्ने गरेको चिकित्सकहरुको भनाई छ । खासगरी भदौ र असोज महिनामा कपिलवस्तु अस्पतालमा ४५० भन्दा बढी बिरामीहरु ज्वरोको समस्या लिएर आएको जनाइएको छ । लामखुट्टको टोकाईबाट े कपिलबस्तु अस्पतालमा ४ देखि ५ जना डेगुको बिरामी देखा परेको छ ।
जिल्ला अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिीनकमा भाईरल ज्वरोको बिरामी बढेको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलबस्तुले बताएको छ ।
मौसममा आएको परिवर्तनसँगै जिल्लाका गाँउ गाँउमा भाइरल ज्यरोको सङख्यामा बिरामी छन् । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये सबैभन्दा बढी भाइरल ज्वराृका बिरामी हुने गरेको निम्ति सुपरिडेन्टेन्ड डाक्टर शारदानन्द चौधरीले बताए । उनका अनुसार उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढीमा भाइरल ज्वरो देखिएको छ ।

खबर सबै
-
विराटनगरलाई हराउँदै फाइनलमा पुग्यो सुदूरपश्चिम
-
इन्डोनेसियाको जकार्तामा भीषण आगलागी, २२ जनाको मृत्यु
-
असम्बन्धित व्यक्तिलाई ई-सीम जारी गर्दा एक युवा स्क्यामरको ठगीमा, युवाहरुले एनसेल सेन्टरमा ताला लगाए
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
समानुपातिक चुनाव लड्न ६७ दलले दिए निवेदन
-
पाल्पा-१ मा कांग्रेसबाट सन्दीप रानाको नाम एकल सिफारिस
-
१६औँ कपिलवस्तु महोत्सव : ज्येष्ठ नगरिकलाई प्रवेश शुल्क फ्रि, मेलास्थलमा स्तनपान कक्ष
-
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने
-
उखुको समर्थन मूल्य प्रतिक्विन्टल ३५ रूपैयाँले घट्यो
-
तोलामा १ हजारले घट्यो सुन







प्रतिक्रिया