

छोरीले सुन्दरी प्रतियोगिता नजितेपछि बाबुले हाने निर्णायकलाई गोली



आम रुपमा मानिसहरु आफ्ना सन्तानप्रति धेरै नै चासो राख्दछन् र आफ्ना बच्चाले हरेक क्षेत्रमा प्रगति गरोस् अनि सबैभन्दा अघि बढोस् भन्ने चाहन्छन्
पढाइ लेखाइ होस् वा खेलकुद, अनि अन्य कामकुरामै किन नहोस्, अभिभावकहरु आफ्नो सन्तानको प्रगतिका भोका हुन्छन् । सन्तानमाथि अभिभावकले अत्यधिक अपेक्षाको भारी बोकाउनु चाहिँ कहिलेकाहीँ प्रत्युत्पादक बन्न सक्दछ । हालै ब्राजिलमा एउटा यस्तै घटना भएको छ ।
गत जुलाई २८ मा उक्त घटना भएको हो । ब्राजिलको अल्टामिरामा एक सौन्दर्य प्रतियोगिताको आयोजना गरियो । उक्त प्रतियोगितामा विजेता युवतीहरुले पुरस्कार पनि पाए । तर प्रतियोगितामा चौथो स्थान प्राप्त गरेकी प्रतिस्पर्धी युवतीका बुवालाई भने नतिजा चित्त बुझेन ।
त्यसपछि उनले सौन्दर्य प्रतियोगिताका निर्णायकहरु तथा उनकीहरुले तय गरेको छनोटको मापदण्डमाथि प्रश्न उठाए । त्यसक्रममा विवाद चर्कियो । निजी सुरक्षा गार्ड तथा सैनिक पुलिस समेत खटिएको उक्त कार्यक्रममा प्रतिस्पर्धी युवतीका ती पिताले एकजना निर्णायक माथि गोली प्रहार गरे ।
निर्णायकमाथि गोली हान्ने ती व्यक्तिलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरुले तत्कालै उनीमाथि जवाफी फायर गरे । सख्त घाइते भएका उनलाई तत्कालै अस्पताल लगियो । तर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो ।
छोरीले सौन्दर्य प्रतियोगिता नजितेको झोँकमा निर्णायक मण्डलमाथि नै गोली प्रहार गर्ने कार्यका कारण आफ्नै ज्यान गुमाउन पुगेका ती व्यक्तिको नाम सेबास्टिआओ फ्रान्सिस्को रहेको बताइएको छ । एजेन्सी


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया