

एउटा यस्ताे परिकार, जसले हरेक वर्ष २० हजारकाे ज्यान लिन्छ !



काठमाडौं । थाइल्याण्ड र लाओसमा निकै लोकप्रिय परम्परागत खानेकुरा ‘कोइ प्ला’लाई विश्वकै सबैभन्दा घातक खाना मानिन्छ । यो खानेकुरा खाँदा हरेक वर्ष करीब २० हजार जना मानिसको ज्यान जाने गरेको छ ।
लाओसका साथै थाइल्याण्डको इसान क्षेत्रका मानिसहरुले सलादको रुपमा खाने ‘कोइ प्ला’ तयार गर्दा किमा बनाइएको काँचो माछा, कागतीको रस, जडिबुटी र मसला मिसाइन्छ ।
यो परिकार यति धेरै खतरनाक हुनुको मुख्यकारण नै काँचो माछाको किमा हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा माछाको मासुमा हुने परजिवीले नै यो परिकारलाई घातक बनाएको हुन्छ ।
मेकोंग नदी बेसिनमा पाइने माछाबाट ‘कोइ प्ला’ बनाइन्छ । ती माछाहरु प्रायः लाइभ फ्लुक भनिने फित्ते जुकाबाट संक्रमित हुन्छन् । यी परजिवी मानिसको शरीरमा प्रवेश गरेपछि पित्त नलीको क्यान्सर अर्थात् कोलान्जियोकार्सिनोमाको प्रमुख कारक बन्दछन् । जसका कारण थाइल्याण्डमा मात्रै बर्सेनि २० हजार मानिसको मृत्यु हुने गरेको छ ।
थाइल्याण्डको खोन काएन विश्वविद्यालयका कलेजो शल्यचिकित्सक नारोंग खुुन्टिकेओ भन्छन्– यस क्षेत्रमा यो निकै ठूलो स्वास्थ्य समस्या बनिरहेको छ । तर मानिसहरु रुखको पात झरेझैँ गरी चुपचाप मर्ने हुनाले यस बारेमा कसैलाई पनि थाहा छैन ।
उनका बुवाआमा पनि जीवनभर यो परिकार खाएकै कारण पित्तनलीको क्यान्सर भएर मरेका थिए ।
त्यसैले उनी उत्तर पूर्वी थाइल्याण्डको ग्रामीण क्षेत्रमा गएर मानिसहरुलाई सो सस्तो तथा खतरनाक परिकारका विषयमा जनचेतना प्रदान गर्ने काम गरेका थिए । तर इसान क्षेत्रमा यो परिकार यति धेरै लोकप्रिय छ कि मानिसहरुलाई यो खानबाट रोक्न निकै मुस्किल छ ।
आखिर जे भए पनि मर्नु त पर्छ नै भन्दै मानिसहरुले यो खाना खाइरहेका छन् भने माछा पकाएपछि यसको स्वाद नै हराउँछ भन्दै काँचो माछा नै प्रयोग गर्ने गरेका छन् । अझ पुरानो पुस्ताका मानिसहरुलाई यो खानेकुराको बानी छोडाउन गाह्रो छ ।
–एजेन्सी


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया