भारतमा ११ वर्षीय बालकमा फोक्सोको दुर्लभ रोग

काठमाडौँ – भारतको पूर्वी दिल्लीमा बसोबास गर्ने ११ वर्षीय बालकमा दर्लभ रोग लागेको छ । 

बालकमा खोकीको गुनासो गरेपछि उनका आमाबुवाले उनलाई सर गंगाराम अस्पतालमा लगे। बालकको स्वास्थ्य लगातार बिग्रँदै गयो। उनलाई सास फेर्न समस्या हुन थाल्यो । प्रारम्भिक अनुसन्धानका क्रममा डाक्टरहरूले बालकको फोक्सो सुन्निएको पत्ता लगाएका थिए । त्यसपछि मेडिकल स्क्रिनिङ गरियो र नतिजा आश्चर्यजनक आयो। 

उनमा  हाइपरसेन्सिटिभिटी निमोनाइटिस वा एचपी नामक फोक्सोको दुर्लभ रोगबाट रहेको पत्ता लाग्यो । ययो एक प्रकारको निमोनिया भन्न सकिन्छ । जुन निकै घातक हुन्छ । परेवाले फैलाएको फोहोर सफा गर्ने जिम्मेवारी कसको हो भन्ने विषयमा दिल्ली नगर निगम र वन विभागबीच बहस चलिरहेको छ । हरेक पटक सहरका निजी तथा सार्वजनिक ठाउँमा परेवाले कब्जा गरेका छन । 

चराचुरुङ्गीहरू आफ्नो वास्तविक घर अर्थात् रुख र वनबाट वञ्चित भए । अहिले पक्की घरको बाल्कनी र छानामा आश्रय बनाउनु उनीहरुको बाध्यता छ । यही कारण धेरै सहरी क्षेत्रमा यी परेवाहरू ठूलो समस्या बनेका छन्। अतिसंवेदनशीलता निमोनाइटिसको केस स्टडीपछि यो समस्या झनै गम्भीर देखिएको छ ।एजेन्सी 

प्रतिक्रिया