

अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु



मध्य अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ। दुई हजारभन्दा बढी घरहरू ध्वस्त भएका छन्।
मध्य घोर प्रान्तका सूचना विभागका प्रमुख मौलावी अब्दुल हाई जैमका अनुसार शुक्रबारदेखि जारी वर्षामा कति व्यक्ति घाइते भएका छन् भन्नेबारे कुनै जानकारी छैन।
जैमले प्रान्तको राजधानी फिरोज-कोहमा दुई हजार घर पूर्ण रूपमा ध्वस्त भएको, चार हजार घरमा आंशिक क्षति भएको र दुई हजारभन्दा बढी पसलहरू पानीमुनि रहेको बताए।
प्रहरी प्रवक्ता अब्दुल रहमान बद्रीले मृतकको संख्या बढ्न सक्ने बताए। “भयानक बाढीमा परेर हजारौँ गाईबस्तु पनि मरेका छन्। सयौँ हेक्टर कृषि भूमि, सयौँ पुल र कल्भर्ट नष्ट भएका तथा हजारौँ रूख नष्ट गरेका छन्,” उनले भने। अफगानिस्तानको चार करोड जनसंख्यामध्ये ८० प्रतिशत कृषिमा निर्भर छन्।
गत हप्ता मात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो। जसमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया