

नेपाल स्वयंसेवक संघद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न : तस्बिर



नेपाल स्वयंसेवक संघ वाणगंगा नगर कमिटीले आज वाणगंगा नगरपालिका , पिपरा अस्पताल र कपिलवस्तु सामुदायिक अस्पतालमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल स्वयंसेवक संघ वाणगंगा नगर कमिटीको आयोजना र मायादेवी साझेदारी वन उपभोक्ता समुह, वैज्ञानिक वन व्यवास्थापन उपभोक्ता महासंघ नेपाल त्यसैगरी बुद्ध दर्शन कृषि महिला सहकारी संस्थाको सहकार्यमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । स्वच्छ वायु,स्वच्छ जीवन तथा मुहान संरक्षणका लागि वृक्षारोपण भन्ने उद्ेश्यले कार्यक्रम सुरुवात भएको नेपाल स्वयंसेवक संघ वाणगंगा नगर अध्यक्ष सरिता देवी ढकालले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल स्वयंसेवक संघको केन्द्रय अध्यक्ष खेमराज पौडेलले यो अभियान आज देखि नेपालका ७५३ पालिकाहरूमा एकैपटक सुरूवात भएको बताउदै वृक्षारोपण गरिसकेपछि यस्को संरक्षण गर्नु पनि हाम्रो दायित्व रहेको बताउनु भयो ।


वृक्षारोपणमा बेल,अशोका, कपुर , तेजपत्ता, धुपी, राइखनियो, लगाएत विभिन्न जातका ३०० भन्दा धेरै विरुवाहरु रोपिएको थियो। ढकालको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी खेमराज पौडेल विशिष्ट अतिथीमा वाणगंगा नगर उप प्रमुख रिता कुमारी चौधरी ,बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको अध्यक्ष रेनुसेन ठकुरी र नेपाल स्वयंसेवक संघको केन्द्रय सदस्य तथा अन्तरास्ट्रिय सम्पर्क समितिको संयोजक हेमन्त भुसालको रहेको थियो भने अतिथीहरुमा मायादेवी साक्षेदारी वनका अध्यक्ष दिनेश जैसवाल ,कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष राम पौडेल,बुद्व दर्शन कृषि महिला सहकारी का अध्यक्ष कल्पना कुँवर, योजना समितीको केन्द्रिय सह संयोजक बिना सुवेदी , पिपरा सामुदायीक अस्पतालका प्रमुख नरेन्द्र पोख्रेल,वडा नं. ४ का वडा अध्यक्ष छबिलाल रेश्मी, वडा नं. १ का वडा अध्यक्ष सन्जु सारु लगायत विभिन्न संघ सस्थामा आवद्ध रहेका सामाजिक व्यक्तिहरुको उपस्थिती रहेको थियो ।









खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया