

विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै छुवाछूत बिरूद्व अभियान नेपालकाे प्रथम बैठक सम्पन्न

रामबहादुर गन्धर्व, कपिलवस्तु । छुवाछूत बिरूद्व अभियान नेपालकाे प्रथम सचिवालय बैठक विभिन्न निर्णय गर्दै आइतबार पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ।
नेपालमा भएको जातीय हरण छुवाछूत भेदभाव जस्ता अमानवीय जघन्य अपराधलाई अन्तर्राष्ट्रियकरण बनाउने यद्वेश्यका साथ गठित छुवाछूत बिरूद्वकाे अभियानले विभिन्न महत्त्वपूर्ण निर्णय सहित बैठक सम्पन्न गरेको छ।
अभियानका केन्द्रीय अध्यक्ष कर्णबहादुर बिश्वकर्माकाे अध्यक्षतामा बसेकाे बैठकले विभिन्न समिति गठन गरि जिम्मेवारी समेत प्रदान गरेको छ। जसमा संगठनकाे बिभाग प्रमुखमा नेमनारायण हरिजन (लुम्बिनी ) सचेतकमा रामजी घताने (गण्डकी ) स-सचिवमा करवीर लाेहार (कर्णाली ) लुम्बिनी प्रदेश संयाेजकमा शिव बहादुर बिश्वकर्मा -प्रचारप्रसार बिभागमा केशव बहादुर चुनार र तिलकराज धेत्माल रहेका छन् भने कानुनी परामर्श बिभागमा नेमनारायण हरिजनलाई जिम्मेवारी ताेकिएकाे महासचिव भुवन नगरीले जानकारी दिए।प्रथम बैठकले नेपालमा भएका विभिन्न आन्दाेलनबाट राजनितिक परिवर्तन पश्चात् संविधान लेखनमा समेत जातीय विभेद,छुवाछूत अन्त्य हुन नसकेकाले नेपालमा जातीय मुक्त गर्दै दलित जातिका हक , अधिकार सुनिश्चित हुनुपर्ने माग माग सहित दलित मुक्ति अभियान देशभर संगठन बिस्तार गर्दै जाने अति महत्त्वपूर्ण निर्णय गरिएको बैठकले जनाएको छ।
दलित जातिलाई राज्यले दाेस्राे दर्जाको रूपमा हेरेको भन्दै अभियानले मनाेवादी राज्य ब्यवस्थाले सदैव छुवाछूत ,सामुदायिक अन्तरविरोध जस्ता बिषलाई उठान गरि अन्तराष्टियस्तरमा समेत दवाव दिने उदेश्यका साथ याे अभियान शुरू गरिएको अध्यक्ष बिश्वकर्माले बताए ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया