

सर्पले डसेर बालिकाको मृत्यु

दाङ । दाङको तुलसीपुरमा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ । शनिबार सर्पले डसेपछि घाइते भएकी तुलसीपुर उपमहानगरपालिका १२ हरिपौरीकी १३ वर्षीया दक्षिना वलीको उपचारका क्रममा आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको हो ।
वलीलाई शनिबार दिउँसो घरमा सुतिरहेको बेला सर्पले डसेको थियो । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । अस्पतालमा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया