

रोल्पाको माडीमा एक दम्पतीको हत्या

रोल्पा । रोल्पाको माडी गाउँपालिका ३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका २ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उहाँकी श्रीमती ३७ वर्षीया पार्वतीको हत्या भएको हो ।
भदौ १४ गते तीजको दिन राति हत्या भए पनि १५ गते दिउँसो स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । हत्याको कारण खुलेको छैन । श्रीमतीको माइतीघर खोटाङ भएको र केही वर्षअघि काठमाण्डौ इँटाभट्टामा काम गर्न जाँदा उनीहरूले विवाह गरेका थिए ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया