

इजिप्टको एउटा अदालतले फाँसीको प्रत्यक्ष प्रसारण देखाउन किन भन्यो ?



एजेन्सी
इजिप्टको एउटा अदालतले एक विद्यार्थीको हत्याराको मृत्युदण्डको प्रत्यक्ष प्रसारणलाई अनुमति दिन कानुनी संशोधन गर्न आग्रह गरेको छ । गत महिना, इजिप्टमा एक छात्राको हत्याको भिडियो भाइरल भयो, जसले देशभर सनसनी मच्चाएको थियो ।
यस भिडियोमा मोहम्मद अब्दुलले नायरा अशरफलाई छुरा प्रहार गरी हत्या गरेको देख्न सकिन्छ । वास्तवमा मोहम्मद अब्दुल नाइरासँग नजिक हुन खोजेका थिए तर नायराले उनलाई अस्वीकार गरिन् ।
त्यसपछि मोहम्मद अब्दुलले विश्वविद्यालय बाहिर नायराको छुरा प्रहार गरी हत्या गरेका थिए । अदालतले २२ वर्षीय मोहम्मद अब्दुललाई मृत्युदण्डको सजाय सुनाएको छ ।
संसदलाई लेखेको पत्रमा अदालतले मृत्युदण्डको केही अंश प्रसारण गर्दा पनि यस्ता घटना रोक्ने लक्ष्य हासिल गर्न सकिने बताएको छ ।
मृत्युदण्ड इजिप्टमा प्रसारण गर्न सकिँदैन । मृत्युदण्ड जेलभित्रै दिइन्छ । सन् २०१५ को संयुक्त राष्ट्रको सर्वेक्षण अनुसार इजिप्टमा करिब ८० लाख महिला हिंसाको सिकार भएका थिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया