

लुम्बिनी प्रदेशमा पछिल्लो २४ घण्टामा ३ जना मृत फेला

कपिलवस्तु । कपिलवस्तु सहित लुम्बिनी प्रदेशका तीन जिल्लामा पछिल्लो २४ घण्टामा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार कपिलवस्तुको महाराजगंज नगरपालिका–११ प्रभातनगर बस्ने राम लखन भरकी छोरी ६ वर्षीया अस्मिता भर घर नजिकै बेल नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै रोल्पामा रुन्टिगढी गाउँपालिका–२ धैरेनी बस्ने ६८ वर्षीय लक्ष खत्री सोही गाउँपालिका–४ सुर्पालस्थित मकै बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यता दाङको घोराही उपमहानगरपालिका–३ स्थित रनघरा बबई नदीको किनारमा सोही उपमहानगरपालिका–५ धारापानी बस्ने ६५ वर्षीया शिवा नेपाली आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया