

जसपा प्यूठानले दियो ६ पालिकामा उम्मेद्वारी



प्युठान। जनता समाजवादी पार्टीले प्यूठानका ६ पालिकामा उम्मेद्वारहरुको घोषणा गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले सबै जिल्लाका सबै पालिकामा उम्मेद्वारहरुको नाम घोषणा गरेको हो ।
पार्टीले प्युठान नगरपालिकाको मेयरमा कर्णध्वज के।सी। उठाउने भएको छ । केसी जसपाका केन्द्रिय सदस्य समेत हुन् । सरुमारानि गाउँपालिकाको अध्यक्षमा घमानसिङ्ग गुरुङ र उपमेयरमा अनिसा पुनलाई पार्टीले अगाडी सारेको छ । गुरुङ जसपाका केन्द्रिय सदस्य हुन् ।
यस्तै पार्टीले स्वर्गद्वारी नगरपालिकाको मेयरमा सरिता खनाल र उपमेयरमा लुमाराम भण्डारी, सरुमारानि गाउँपालिकाको अध्यक्षमा घमानसिङ्ग गुरुङ र उपमेयरमा अनिसा पुन, ऐरावति गाउँपालिकाको अध्यक्षमा मुक्त जिएम र उपाध्यक्ष राधा थापा, झिम्रुक गाउँपालिकाको अध्यक्षमा कुलचन्द्र पोख्रेल र उपाध्यक्षमा रचना थापा र मल्लारानि गाउँपालिकाको अध्यक्षमा मधब शर्मालाई उठाउने पार्टीले निर्णय गरेको छ ।
यस्तै बैठकले प्युठान नगरपालिका, सरुमारानि गाउँपालिका, ऐरावति गाउँपालिकाका वडा अध्यक्षहरुको नाम पनि घोषणा गरेको छ । बाँकी पालिका र वडाहरुको उम्मेद्वार पछि तय गरेपछि सार्वजनिक गरिने जसपाका युवा नेता विमल गिरीले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया