

कप्तान मल्ल सहित कोरोना पोजेटिभ आएका तिनै जना खेलाडी बन्द प्रशिक्षणमा

ई-साझाकुरा, मंसिर १४
कोरोना रिपोर्ट नेगेटिभ भएका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित, उपकप्तान दीपेन्द्र ऐरी र रोहित पौडेल क्यानले सञ्चालन गरिरहेको बन्द प्रशिक्षणमा आजदेखि सहभागी हुने भएका छन् ।
तीन क्रिकेटर र स्टाफ प्रदीप लामाको गत मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको थियो । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा भने सबै चार जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि कप्तान मल्लसहित तीन खेलाडी क्याम्पमा समावेश हुन लागेका हुन् । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार विज्ञप्ती जारी गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएका तीन खेलाडीले क्याम्प जोइन गर्ने जनाएको छ ।
क्यानले पीसीआर परीक्षण गर्नुअघि नै पोजेटिभ रिपोर्ट आएका बसन्त रेग्मी र शनिबार पोजेटिभ रिपोर्ट आएका सन्दीप लामिछाने भने आइसोलेसनमा बसिरहेका छन् । यस्तै कुशल मल्ल कक्षा १२ को परीक्षा चलिरहकोले क्याम्पमा उपस्थित भएका छैनन् ।
व्यक्तिगत र पारिवारिक कारण देखाउँदै शरद भेषावकर र सुबास खकुरेल बन्द प्रशिक्षणमा उपस्थित छैनन् ।
गत मंगलबार क्यानले गरेको कोरोना परीक्षणमा अनुपस्थित रहेका करण केसी पनि क्याम्पमा समावेश भइसकेका छन् । यस्तै क्यानले नयाँ थप गरेका ५ मध्ये अनिल शाह, विक्रम सोब र रित गौतम पनि क्याम्पमा उपस्थित भइसकेका छन् ।
यसैगरी क्यानले पूर्व राष्ट्रिय क्रिकेटर तथा नेपाल पुलिस क्लबका प्रशिक्षक मनोज कटुवाललाई क्याम्पको सहायक प्रशिक्षकको रुपमा समावेश गरेको छ । उनले जगत टमाटालाई सहयोग गर्नेछन् ।
यस्तै क्यानले राष्ट्रिय टिमको प्रुखय प्रशिक्षकको नाम पनि केही दिनमै घोषणा गर्दैछ । क्यानले प्रशिक्षक पदका लागि तिहारअघि नै १२ जनासंग अन्तर्वार्ता लिएको थियो ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया