

आईपीएल : मुम्बई फाइनलमा प्रवेश

कात्तिक २१, काठमाण्डौ ।
मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटको फाइनलमा पुगेको छ ।
राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका लागि मार्कुस स्टोनिसले ६५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे ।
कागिसो राबडा १५ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो ।
दिल्लीलाई समेत फाइनल पुग्ने अवसर कायमै छ । तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ ।
अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर र सनराइजर्स हैदराबाद खेल्नेछन् ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया