
रुपन्देहीका २ हजार बढी नेकपा सदस्यले पार्टी छाडे

आश्विन २० बुटवल ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रुपन्देहीका २ हजार बढी व्यवसायीहरुले पार्टीबाट राजिनामा दिने भएका छन् । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी सार्ने प्रस्तावमा रुपन्देहीबाट निर्वाचित सांसदहरुले दाङको पक्षमा समर्थन जनाएर जनभावना विपरीत गएकाले पार्टी नेतृत्वलाई राजिनामा बुझाउने निर्णय गरेका हुन् ।
बुटवलमा मंलगबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले रुपन्देहीका मन्त्री तथा सांसदलाई बहिष्कार गर्ने जनाएका छन् । राजिनामा दिनेहरुमा पार्टिको केन्द्रिय बिभागका सदस्यहरु समेत छन् । यस क्षेत्रमा रहेका तिनहजार हाराहारी पार्टि सदस्य भएका व्यवसायीहरुले नेकपा नेतृत्वको सरकार र पार्टि अध्यक्ष समेतले ह्विप जारी गरेर बुटवलमा रहेको राजधानीलाई अन्यत्र सार्ने निर्णय गरेकोले उक्त पार्टीमा रहन नसक्ने जनाएका हुन् । ‘पार्टीर्ले निरंकुश तरीका अपनाएर राजधानी सार्ने निर्देशन ग¥यो हाम्रा माननीयहरुलाई मत राख्न समेत बञ्चित गरियो यसरी निरंकुशता स्वीकार गरेर पार्टिमा बस्नुको कुनै औचित्य नभएकोले राजिनामा दिने निर्णय गरेका हौं ।’ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा रुपन्देही उद्योग संघका अध्यक्ष बावुराम बोहोराले भने ।
त्यस्तै रुपन्देहीबाट निर्वाचित सांसद तथा मन्त्रीहरुलाई रुपन्देहीका संघ संस्थाहरुले बहिस्कार गर्ने निर्णय गरेका छन् । ‘अब हामीले प्रदेशका सांसद तथा मन्त्रीहरुले बोलाएका कार्यक्रममा पनि जान्नौ उहाहरुलाई पनि निमन्त्रणा गर्दैनौं ।’ नेपाल उद्योग परिसंघका प्रदेश संयोजक एजाज आलमले भने । उद्योग ब्यवसाय सम्वद्ध नेकपाका पार्टि सदस्य रहेका संघ संस्थाका अध्यक्षहरुद्धारा आयोजित पत्रकार सम्मेलनमा रुपन्देहीका जननिर्वाचित प्रतिनिधीहरुले रुपन्देही बासीलाई धोका दिएकोले उनीहरुले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागीता नजनाउने तथा उनीहरुलाई अतिथी बनाएर कार्यक्रम नगर्ने घोषणा गरेका हुन् ।
‘उहाँहरुले हामीलाई धोका दिनुभयो मतदाताको मान मर्दन गर्नुभयो त्यति मात्र होईन रुपन्देहीका संघ संस्थाले प्रदेश सरकारको स्थायित्वका लागि भौतीक संरचना उपलब्ध गरेको सहयोगको अवमुल्यन गर्नु भयो त्यसैले उहाहरुलाई सम्मान दिएर कार्यक्रममा निम्त्याउनुको कुनै औचित्य रहेन ।’रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनीले भने ।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया