
नेपालमा चुरोट तान्ने घटे, रक्सी पिउने बढे

असोज १५, काठमाडौं
नेपालमा धुमपान सेवन गर्ने प्रयोगकर्ताहरूको संख्या घटेको छ। पछिल्लो ६ वर्षको अवधिमा नेपालमा धुमपान प्रयोगकर्ता घटेका हुन्। तर, यही अवधिमा मदिरा सेवनकर्ता भने बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्वको सर्वेक्षण ९स्टेप्स सर्वेक्षण०२०२० सर्वेक्षणले नेपालमा धुमपान गर्ने घटेको, तर मध्यपान गर्ने मानिसको संख्या बढेको देखाएको हो। देशभरका १५ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूमा गरिएको सो सर्वेक्षणमा पाँच हजार ५९३ जना सहभागी भएका थिए। सर्वेक्षणअनुसार सन् २०१३ मा नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ता ३०।७ प्रतिशत थिए। तर, २०१९ मा गरिएको सर्वेक्षणले नेपालमा सूर्तिजन्य पदार्थ सेवनकर्ता २८।९ प्रतिशतमा झरेको देखाएको छ। सन् २०१३ मा १८।४ प्रतिशतले धुमपान गर्दथे। सन् २०१९ मा आउँदा धुमपान प्रयोगकर्ता १७।१ प्रतिशतमा झरेको छ। तर यो अवधिमा धुमपानको सेवनकर्तामध्ये पुरुषको संख्या बढेको र महिलाको संख्या घटेको छ। सर्वेक्षणका अनुसार सन् २०१३ मा २७ प्रतिशत पुरुष धुमपान प्रयोगकर्ता थिए। सन् २०२८ मा धुमपान प्रयोगकर्ता पुरुष २८ प्रतिशत पुगेको छ। धुमपान प्रयोगकर्ता महिलाको संख्या भने ६ वर्ष अघिको तुलनामा अहिले घटेको छ। सन् २०१३ मा १०।३ प्रतिशत रहेकामा सन् २०१९ मा आउँदा सो संख्या घटेर ७।५ प्रतिशतमा झरेको हो। पाँच वर्षको अवधिमा गरिने यो सर्वेक्षणमा पाँच हजार पाँच सय ९३ जनाले सहभागिता जनाएका थिए। हाल सूर्तिजन्य पदार्थ ९धुमपान वा धुँवारहित० सेवन गर्ने २८।९ प्रतिशत रहेका छन्। जसमध्ये पुरुष ४८।३ प्रतिशत र ११।६ प्रतिशत महिलाले सूर्तिजन्य पदार्थ सेवन गर्छन्। यस्तै, २४।१ प्रतिशतले दैनिक सूर्तिजन्य पदार्थ सेवन गर्दै आएका छन्। जसमा पुरुष ४०।१ र महिला १० प्रतिशत रहेका छन्। यसैगरी, १७।१ प्रतिशतले धुमपान गर्दै आएको सर्वेक्षणले देखाएको छ।
जसमध्ये १३।३ प्रतिशतले दैनिक धुमपान सेवन गर्ने गरेका छन्। नेपालमा १४।८ प्रतिशत मानिसले चुरोट अर्थात हातले बेरेको चुरोट सेवन गर्ने गरेको पाइएको छ। धुवाँरहित सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या १८।३ प्रतिशत रहेको छ भने १५।३ प्रतिशतले दैनिक धुँवारहित सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन्। ०।८ प्रतिशत पुरुषहरूले दैनिक रुपमा विद्युतीय चुरोट सेवन गर्दै आएको सर्वेक्षणले देखाएको छ।
रक्सी खाने बढे
नसर्ने रोगको कारक तत्व मानिने मदिराजन्य पदार्थ अल्कोहल प्रयोगकर्ता यो छ वर्षको अवधिमा बृद्धि भएको छ। सर्वेक्षणका अनुसार सन् २०१३ मा १७। ४ प्रतिशतले अल्कोहल सेवन गर्दथे भने सन् २०१९ मा सेवनकर्ताको प्रतिशत बढेर २०।८ प्रतिशत पुगेको छ। यो अवधिमा पुरुष र महिला दुबै सेवनकर्ताको प्रतिशत बढेको छ।

सर्वेक्षणमा बानी व्यवहार सम्बन्धि मदिरा, आहार, शारीरिक क्रियाकलाप विवरणहरू संकलन गरिएको थियो। मोटोपन र उच्च रक्तचापको व्यापकता पत्ता लगाउन उचाइ, तौल र रक्तचापजस्ता शारीरिक मापन गरिएको थियो।
थाहा खबारबाट


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया