
कपिलवस्तुमा छन् १३४ कोरोनाका संक्रिय बिरामी

राजेन्द्र खनाल,भदौ २० कपिलवस्तु
कपिलवस्तमा कोरोना संक्रमितको कुल संख्या १ हजार एक सय ४७ पुगेको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुको तथ्याङ्क अनुसार यस मध्ये पनि सबैभन्दा बढि कपिलवस्तु नगरपालिकामा २४६ पुगेको छ भने सबैभन्दा कम शुद्धोधन गाउँपालिकामा ४८ जना अहिले सम्म संक्रमित भएका छन् ।
यस्तै जिल्लाको यशोधरा गाउँपालिकामा अहिले सम्म १७० जना संक्रमित भएका छन्,कृष्णनगर नगरपालिकामा १४१,शिवराज नगरपालिकामा १२६,महाराजगञ्जमा १२५, वाणगंगा नगरपालिकामा १०७ जना संक्रमित भएका छन् । त्यस्तै मायादेवी गाउँपालिकामा ८०, विजयनगर गाउँपालिकामा ५५, बुद्धभुमि नगरपालिकामा ४९, र शुद्धोधन गाउँपालिकामा ४८ जना संक्रमित भएका छन् ।
त्यस्तै अहिले सम्म जिल्लाभर १३४ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेको स्वस्थ्य कार्यालयको तथ्याङ्मा उल्लेख गरिएको छ । जिल्लामा सबैभन्दा बढि सक्रिय संक्रमितहरु कपिलवस्तु नगरपालिकामा ४४ जना छन भने सबैभन्दा कम मायादेवी गाउँपालिका र महाराजगञ्ज नगरपालिकामा समान ३÷३ जना छन् । कपिलवस्तुमा कोरोना संक्रमण भएकाहरु मध्ये अहिले सम्म १ हजार ८ जनाले कोरोनालाई जितेर घर गएका छन । अहिले १३४ जनाको विभिन्न स्थानका आईसोलसन अस्पतालहरुमा उपचार भईरहेको छ । कपिलवस्तुमा अलिहे सम्म कोरानाका कारण चार जनाको मृत्यु भएको छ ।
जिल्लामा समुदाय स्तरमा कोरोना परीक्षण गर्दा बढेको कोरोना ग्राफ भदौको दोस्रो साताबाट घट्न सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी गरे पछि कपिलवस्तुको कोरोना संक्रमण नियन्त्रणमा आउन सुरु भएको हो । भिडभाड कम हुँदै गएपछि जिल्लामा संक्रमण फैलिन कम हुँदै गएको हो । पछिल्लो साता जिल्लाका संक्रमण थपिनेको सख्या न्यून हुँदै गएको छ भने निको हुनेको संख्या बढेको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया