

रुपन्देहीमा लकडाउनको मोडालिटि फेरीयो । अब दैनिक सात घण्टा पसल खोल्न पाउने



भदौ, २० बुटवल ।
उद्योगी–व्यवसायीका संगठनहरुले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएपछि रुपन्देहीमा दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने गरी निषेधाज्ञा खुकुलो बनाइएको छ ।
शनिबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म पसल–व्यवसाय खोल्न पाउने गरी भदौ २८ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको हो ।
यसअघि भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएएको थियो । शुक्रबार बसेको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले पनि लकडाउन खुकुलो बनाउन सिफारिस गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जारी गरेको निषेधाज्ञा आदेशमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाइने उल्लेख छ ।
मुख्य राजमार्गबाहेक जिल्लाभर सार्वजनिक र निजी सवारी साधन सञ्चालन गर्न र सभा, सम्मेलन, प्रदर्शन आदि गर्न पाइने छैन । डिपार्टमेन्टल स्टोर, सपिङ मल, होटेल, रेष्टुराँ आदि पनि सञ्चालन गर्न पाइने छैन । तर खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका पसलहरु बिहान ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । सबै सरकारी कार्यालयहरु र बैंक तथा वित्तीय संस्थाहरुले भीडभाड नहुने गरी सुरक्षा मापदण्ड पालना गरेर सेवा प्रवाह गर्नसक्ने छन् ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया