![](https://esajhakura.com/wp-content/uploads/2022/03/final-GIF.gif)
![](https://esajhakura.com/wp-content/uploads/2024/06/Bijayanagar-gaupalika-add-1024x114.gif)
गौतमबुद्ध मुटु अस्पतालका स्वास्थ्यकर्मीमा कारोना, अन्य १० जना पनि संक्रमित
![](https://esajhakura.com/wp-content/uploads/2024/08/ezgif-5-0f3610c14b-1024x111.gif)
![](https://i0.wp.com/esajhakura.com/wp-content/uploads/2020/08/corona-v.jpg?fit=640%2C320&ssl=1)
![](https://esajhakura.com/wp-content/uploads/2024/12/GGGGGGG-CHAND-POLYCLINIC-INLINE-ADVERT.gif)
भदौ, १९ रुपन्देही ।
बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका कसैमा पनि लक्षण नदेखिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र अस्पताल निर्मलीकरण गरेपछि २४ घण्टापछि संक्रमण नभएका स्वास्थ्यकर्मी र कर्मचारीले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गरिने अध्यक्ष आलमले बताए ।
मुटु अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको थियो । एकजना संक्रमितको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको छ ।
![](https://esajhakura.com/wp-content/uploads/2020/12/belbase-suppliers-final-ads.gif)
प्रतिक्रिया