

गौतमबुद्ध मुटु अस्पतालका स्वास्थ्यकर्मीमा कारोना, अन्य १० जना पनि संक्रमित



भदौ, १९ रुपन्देही ।
बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका कसैमा पनि लक्षण नदेखिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र अस्पताल निर्मलीकरण गरेपछि २४ घण्टापछि संक्रमण नभएका स्वास्थ्यकर्मी र कर्मचारीले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गरिने अध्यक्ष आलमले बताए ।
मुटु अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको थियो । एकजना संक्रमितको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया