प्रदेश पाँचमा अहिले सम्म ३५ जनाको कारोनाका कारण ज्यान गयो
राजेन्द्र खनाल
भदौ १८ कपिलवस्तु
प्रदेश नम्बर पाँचमा कोरोना संक्रमितहरुको कुल संख्या ६ हजार ७ सय ३१ पुगेको छ । प्रदेश पाँचका १२ वटा जिल्लामा संक्रमणको दर बढ्दो क्रममा रहेको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको दैनिक नियमित प्रेस व्रिफिङका क्रममा मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले देशभर देखिएको संक्रमणको १६ प्रतिशत प्रदेश पाँचमा कारोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । कोभिड १९ का कारण प्रदेश पाँचमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय २४ पुगेको उहाँले बताउनुभयो । ती मध्ये १० देखि १५ प्रतिशतमा लक्ष्यण देखिएको उहाँको भनाई छ ।
प्रदेश पाँचमा अहिले सम्म १८९ स्वास्थयकर्मी, २सय५८ सुरक्षाकर्मी, र ११५ अन्य सरकारी कर्मचारीहरु संक्रमिति भएको सुचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।
प्रदेश पाँचबाट कोरोनालाई जितेर घर फर्किनेको संख्या अहिले सम्म ५हजार १सय ९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १२८ जना निको भएका छन् भने अहिले सम्म कुल ३५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४घण्टामा प्रदेशभरबाट ८२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रादिेशक अस्पतालमा २५ जनाको सामान्य उपचार भईरहेको छ भने आईसियुमा १६ र चार जनाको भेन्टिलेटरमा राखी उपचार भईरहेको पौडेलले जानकारी दिनुभयो । उता भिम अस्पताल भैरहवामा २० जनाको सामानय उपचार भईरहेको छ भने ३ जना आईसियुमा छन् । खजुरा क्यान्सर अस्पताल बाँकेमा ३१ जनाको अवस्था सामान्य छ, भने केन्द्रिय आर्युवेद विद्यापिठ बेलझुण्डि ३९ जनाको सामान्य र १ जनाको आइसियुमा राखि उपचार भईरहेको छ ।
प्रदेशका चारवटा कोरोना विशेष अस्पतालहरुमा अहिले ११५ जनाको सामान्य कक्षमा राखि उपचार चलिरहेको छ भने ३० जनाको आइसियु र ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको आजको नियमित प्रेसव्रिफिङका क्रममा सूचना अधिकारी पौडेलले जानकारी दिनुभएको छ ।
यसैबिच यता कपिलवसतुमा आज ८ जनामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिकामा ५ जना, महाराजगञ्ज नगरपालिकामा २ जना, यशोधरा गाउँपालिकामा १ जना गरी कुल ८ जनामा संक्रमण पोजेटिभ देखिएको स्वस्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको आजको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ११ जना कपिलवस्तुमा संmक्रमित थपिएको जानकारी गराउनुभएको थियो । मन्त्रालयको विवरणमा राखिएका तीन जनाको स्वास्थ्य कार्यालयले यस अघि नै सार्वजनिक गरेका कारण कपिलवस्तुमा आज ८ जनामा संक्रमण देखिएको तथ्याङ्क राखिएको हो । यो सँगै कपिलवस्तुमा कोरोना संक्रमण हुनेहरुको कुल संख्या ११४० पुगेको छ । चार जनाको अहिले सम्म मृत्यु भएको छ ।
प्रतिक्रिया