

कपिलवस्तुमा सञ्चालन हुदै डायलाइसिस सेवा



ई–साझाकुरा, भदौ १८
कपिलवस्तुमा मृगौला रोगीहरुको लागि डायलाइसिस सेवा सञ्चालन हुने भएको छ ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले कपिलवस्तुबासीका लागि मध्यनगर गरी डायलाइसिस सेवाको सुरुवात गर्न लागेको अस्पतालका अध्यक्ष एजाज आलमले बताउनुभयो ।
वाणगंगा नगरपालिका जिल्लाकै उत्कृष्टकै रुपमा हेरिएकोले भएकाले डायलाइसिस सेन्टर स्थापनाका लागि जग्गाको प्रबन्ध मिलाउन अध्यक्ष आलमले नगरपालिकालाई आग्रह गर्नुभएको छ ।
बाणगंगा नगरपालिकाले मृगौला पीडित रोगी र तिनका परिवारको दुख र ब्यथालाई बुझेर गम्भिरता पूर्वक लागेमा केही हप्ता भित्र नगरमा डायलाइसिस सेवा सञ्चालन हुन सक्ने बताईएको छ ।
जिल्लामा पहिलो पटक सञ्चालन हुने भनिएको डायलाइसिस सेवाले मृगौला विरामीले राहत पाउनेेेछन । मेडिकलद्धारा एक विज्ञप्ती निकालेर जानकारी गराएको छ ।


प्रतिक्रिया