

घूस दिन खोज्ने दुईजना पक्राउ

चितवन । चितवनमा प्रहरीलाई घूस दिन खोज्ने दुईजना पक्राउ परेका छन् । राप्ती नगरपालिका १ स्थित सडकमा सवारीसाधन जाँच गर्ने क्रममा ड्युटीमा रहेका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ना।७ख ८१९ नम्बरको ट्रक चालक रौतहट राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने ३२ वर्षीय अब्दुल मनान देवान र सहचालक राजपुर नगरपालिका ३, पोखरिया टोल बस्ने २५ वर्षीय महमद सितार छन् ।
रौतहटबाट नारायणगढतर्फ जाँदै गरेको ओभर लोड इँटा बोकेको ट्रकलाई अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रहरीलाई जबरजस्ती घूस दिन खोजेपछि दुवैलाई पक्राउ गरेको हो ।


खबर सबै
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु
-
कोशी प्रदेशबाट मनसुन नेपाल भित्रियो
-
प्यूठान : विद्यालयबाट फर्केका नाबालक दाजुभाइ पुगेनन् घर, भेटियो शव
-
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्धको दिवस मनाइँदै
-
विश्वकप फुटबल : मेस्सीको सानदार ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात









प्रतिक्रिया