

नेकपा भित्र असन्तुष्टि, कपिलवस्तुमा धमाधम पार्टी परित्याग गर्दै कार्यक्रता ।।



राजेन्द्र खनाल, भदौ १४ कपिलवस्तु
पछिल्लो एक महिना यता कपिलवस्तुमा नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्नेहरुको संख्या तिव्र देखिएको छ । साउन दोसा्रे साता देखि भदौ दोस्रो साता सम्म आई पुग्दा कपिलवस्तुमा झण्डै एक सय कार्यक्रताहरुले (नेकपा) परित्याग गरेका छन् । पार्टीको केन्द्रिय तहमा रहेको आन्तरिक खिचातानी र सोही असरले जिल्ला तहमा पनि कार्यक्रताहरु असन्तुष्ट बनिरहेका छन् । स्थानिय तह देखि केन्द्रै सम्मका तीनै तहका सरकारमा बहुमत प्राप्त सरकार रहँदा पनि अपेक्षित उपलब्धि दिन नसेको आरोप नेकपालाई बढि आईरहन्छ भने कपिलवस्तुमा पनि अधिकाशं स्थानिय तहमा नेकपा कै पूर्ण बहुमत छ । तर काम अपेक्षित छैन ।
यो पछिल्लो वितेको एक महिनालाई हेर्दा कपिलवस्तु जिल्लाबाट मात्रै एक सय कार्यक्रताहरु नेकपाको राजनितिक धारबाट बाहिर गएका छन् । कतिपय प्रतिपक्षि दल नेपाली कांग्रेसमा प्रवेश गरेका छन भने कतिपय जनता समाजवादी पार्टी सहितका अन्य साना दलमा मिसिएका छन् ।
गत साउन १० गते कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ कप्टैयाका ५३ घर धुरीले ( नेकपा ) परित्यागको घोषणा गरे । उनीहरु त्यतिबेला कांग्रेस मा प्रवेश गरे । पार्टी परित्याग गर्नेहरुले वडा नम्बर २ को विकास र उत्थानका लागि नेकपा नेतृत्वबाट खास पहल हुन नसकेको प्रतिक्रिय दिएका थिए ।
विकासका हिसाबले पछाडी परेको र आधारभूत कुराहरुको सहज उपलब्धता नरहेका स्थानमा स्थानिय तह र वडा तहका जनप्रतिनिधिहरुसँग नागरिकहरुको र पार्टी कार्यक्रतारुको पनि अपेक्षा रहने गरेको छ । तर सामान्य अपेक्षा पनि पुरा नगर्दा पार्टी भित्रकै कार्यक्रतारु असन्तुष्ट हुदँ बाहिरिन थालेका छन् ।
हरेक कार्यमा पछाडी परेको र वडाले वेवास्ता गरेकोले असन्तुष्ट रही पार्टी परित्याग गरेको वडा नम्बर २ का स्थानीय सन्जीव थापाले बताउनुभयो ।
त्यस यता भदौ १३ गते शनिबार जिल्लाको बुद्धभूमी नगरपालिकाको वडा नम्बर १ स्थित भेलाईबाट पनि ३० जना (नेकपा) कार्यक्रहताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । यस विचमा कपिलवस्तुमा सत्तारुढ दल परित्याग गरी अन्य विभिन्न पार्टीमा पनि कार्यक्रताहरु मिसिन पुगेका छन भने केही निस्किृय बनेको पनि बताएका छन् ।
ईतिहासकै बहुमतप्राप्त सरकार र देशकै सबैभन्दा ठूलो पार्टी भएर पनि जनताका शदियौँ देखिका समान्य समस्या समाधानको साटो आन्तरिक द्धोन्द्धात्मक स्थितिबाट पार्टी एकता पछिको पूर्ण समय खर्चिका कारण पनि अहिले नेकपा भित्र कार्यक्रताहरु असन्तुष्ट बनेका छन् ।
यता नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले भने पार्टी परित्याको विषयमा आफुले जानकारी पाएको प्रतिक्रिया दिनुभयो । यस विषयमा सत्यतथ्य पार्टीले छानविन गर्ने र पार्टी परित्याग गर्नेहरुको विचार पनि लिने उहाँको भनाई छ ।
अर्घाखाँचीमा पनि उस्तै :
(नेकपा) भित्रको पार्टी परित्यागको समस्या कपिलवस्तुमा मात्र हाईन छिमेकी जिल्ला अर्घाखाँचीमा पनि उस्तै छ । पछिल्लो दुई महिनमा मात्रै अर्घाखाँचीमा पनि झण्डै ५० बढीले नेकपा छोडेका छन् । अर्घाखाँचीको डिभर्नाका दर्जनौ कार्यक्रताले नेकपा परित्याग गरे भने , अर्घाखाँचीकै छत्रदेव, धातिवाङ, सितगंगाको १४ नम्बर वडा, लगाएतका स्थानबाट धमाधम नेकपा परित्याग गर्नेहरुको संख्या उच्च छ । पछिल्लो तीन महिना यता अर्घाखाँचीमा मात्रै २ सय बढिले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ। त्यस्तै अर्घाखाँचीको भुमिकास्थानमा नेकपा र नेपाली कांग्रेस परित्याग गरि राष्ट्रिय जनर्मार्चामा प्रवशे गर्नेहरुको क्रम पनि ठूलो छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १ साविकको ढाकावाङ्ग ३ कुसुम्मारेमा युवक संघका नेता मेघनाथ खनालको पहलमा २३ जना युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् । उनीहरु नेकपा र नेपाली कांग्रेस परित्याग गरी कांग्रेसमा प्रवशे गरेका थिए । अहिले अर्घाखाँचीमा पनि सत्तारुढ दल नेकपा प्रतिको भरोसा कमजोर बन्दै गएको छ भने कांग्रेसप्रति पनि विश्वास घट्दो देखिएको छ ।
दुई पार्टी बिचको एकता यता पनि पार्टीको आन्तरिक परिपार्टी पूर्ण रुपमा एक हुन नसक्दा पनि नेकपाबाट कार्यक्रता बिचलित हुने क्रम बढिरहेको छ भने अर्काे तर्फ ठूलो पार्टीभित्र आफ्नो स्थान सुनिश्चित नदेख्नेहरु पनि पार्टीबाट उम्किरहेका छन् । कोरोना माहामारीका बिचमा पनि कार्यक्रताहरु पार्टीबाट तिव्र असन्तुष्टि जनाउदैँ अन्य पार्टीम अविर र माला लगाउन पुग्ने क्रम पछिल्ला महिना बढि देखिने गरेका छन् ।
अहिले कपिलवस्तु र अर्घाखाँचीमा मात्रै होईन प्रदेश पाँचका अधिकाशं जिल्लामा नेकपाको राजनितिप्रति कार्यक्रताहरु असन्तुष्ट बन्दै गएका देखिएका छन् ।


प्रतिक्रिया