



श्रीमान विदेश, बुटवलकी सीता सम्पत्ति र सन्तानसहित सम्पर्कविहिन

ई–साझाकुरा, भदौ १२
रुपन्देहीको बुटवलकी एक महिला श्रीमान विदेश भएका बेला आफ्नो छोरीसहित सम्पर्कविहिन भएकी छन् । बुटवल उपमहानगरपालिका वडा नं. ११ कि एक महिलाले गरगहना तथा नगदसहित छोरीलाई लिएर लापत्ता भएकी हुन् । उनका ससुरा भिमबहादुर खड्काले छोरा राजिव विदेशमा भएको बेलामा बुहारी सीताले धनमालसहित नातिनी टिपेर फरार भएको भन्दै खोजी गरिदिन प्रहरीमा निवेदन दिएका हुन् ।
बुहारीले विदेशबाट छोराले पठाएको तथा आफूसँग भएको नगद र गरगहना लिएर गएकाले खोजी गरिदिन आग्रह गरेका छन् । यहि भदौ ९ गते एकाबिहानै घरबाट बहिनीले छोरी जन्माएको बताउँदै न्वारनका लागि कपिलबस्तुको कृष्णनगर जान घरबाट हिँडेकी बुहारीको अहिलेसम्म अत्तोपत्तो नभएको भिमबहादुरले बताएका छन् । ससुरा भिमबहादुरका अनुसार सम्पर्कविहिन भएकी सीताले लु २१ प १४०६ नम्बरको रातो स्कुटी, तिनाउ मिसन बैंकबाट ८ लाख ५० हजार रुपैंया, बुटवल अस्पताल लाइनको सिभिल मेडिकलबाट २ लाख, नातीले पढ्ने बिद्यालयकी शिक्षिकासँग १ लाख १२ हजार रकम, बुटवल कालिकानगर बस्ने केशव खड्कासँग ३० हजार रुपैंयाँ समेत लगेकी छन् ।
यसैगरी आफूले लगाउँदै आएको सुनको सिक्रिसहितका गहना, नातीनीको सुनको सिक्रि, हातको बाला, कानका मुन्द्रा, लगायतका गरगहना, आमा छोरीका लगाउने सबै लत्ताकपडासहित सम्पर्कविहिन भएको भिमबहादुरले दिएको निवेदनमा उल्लेख छ । ‘बुहारीको नाममा रहेको नवलपरासी बर्दघाट चिसापानी भन्ने ठाउँमा रहेको घडेरी समेत बैंकमा धितो राखेर कर्जा लिएको भन्ने सुन्नमा आएको छ ।’-उनको निवेदनमा उल्लेख छ नातिनी लिएर हिँडेको देखेपछि आफूले सोधीखोजी गर्दा बहिनीले छोरी पाएको र न्वारनमा जान हिडेको बताएपछि छोरालाई सोधेर जान सुझाएको ससुरा भिमबहादुरले उल्लेख गरेका छन् । बुहारीले श्रीमानलाई सोधेर हिडेको भनी भिमबहादुरलाई जवाफ दिएका थिइन् ।
छोरा राजिव विदेश (कतार) गएको तीन वर्ष भयो । राजिव विदेश गएपछि घरमा भिमबहादुर बुहारी (सीता) र नातीनी तीन जनाको परिवार बस्दै आएको थियो । बुहारीले घरमा व्यूटीपार्लर समेत सञ्चालन गर्दै आएकी थिइन । भारतीय आर्मीका रिटार्यर समेत रहेका भिमबहादुरले दुःख गरेर विदेशमा पठाएको पैसा सुरक्षित गर्न आग्रह गर्दै घरखर्च समेत आफैले गर्दै आएकाले विदेशबाट छोराले के–कति कमायो, के-कति बुहारीलाई पठाएको छ भन्ने कुरा थाहा नभएको बताए । बुहारी त्यसको २/३ दिन अंगाडीसम्म बैंकमा काम छ भन्दै जाने र साँझ अबेर मात्रै आउने गरेको बताउँदै आफूले यस्तो महामारीको समयमा बाहिर धेरै घुमफिर नगर्न सुझाव समेत दिएको भिमबहादुरले बताए । साँझ फर्किन्छु भनेर गएकी बुहारी राती अवेरसम्म पनि घरमा नफर्किएपछि फोन गर्दा मोवाईल अफ भएको र छोराले समेत आफूलाई फोन गरेर बुहारीको फोन अघिल्लै दिनदेखि बन्द रहेको बताएका थिए । कपिलबस्तुको गोरुसिङ्गे रहेकी सीताको बहिनीलाई फोन गर्दा आफ्नोमा दिदी नआएको बताएपछि आशंका उत्पन्न भएको प्रहरीलाई दिएको निवेदनमा उल्लेख छ ।
त्यसलगत्तै नातागोता सबैतिर खोजतलास गर्दा बुहारी तथा नातीनी समेत कतैपनि नभेटिएकाले खोजीका लागि भिमबहादुरले सबैलाई आग्रह गरेका छन्

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया