![](https://esajhakura.com/wp-content/uploads/2022/03/final-GIF.gif)
![](https://esajhakura.com/wp-content/uploads/2024/06/Bijayanagar-gaupalika-add-1024x114.gif)
बुटवलका १० जना कैदीमा कोरोना संक्रमण
![](https://esajhakura.com/wp-content/uploads/2024/08/ezgif-5-0f3610c14b-1024x111.gif)
![](https://esajhakura.com/wp-content/uploads/2025/01/Untitled-1-1024x154.gif)
![](https://i0.wp.com/esajhakura.com/wp-content/uploads/2020/08/CORONA-FEATURE.jpg?fit=640%2C361&ssl=1)
![](https://esajhakura.com/wp-content/uploads/2024/12/GGGGGGG-CHAND-POLYCLINIC-INLINE-ADVERT.gif)
ई–साझाकुरा, भदौ १०
ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खड्कबहादुर खड्काका अनुसार मंगलबार स्वाब संकलन गरिएका १० थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकाहरु लागूऔषध, सवारी ज्यानलगायत मुद्धाका प्रतिवादी हुन् । ईलाका प्रहरी कार्यालयको हिरासतमा २७ जना थुनुवा रहेका छन् । थुनुवालाई संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालयमा सतर्कता अपनाइएको छ । थुनुवालाई नै कोरोना संक्रमण देखिएपछि मुद्दाको अनुसन्धान र कारवाही प्रक्रिया अन्योलमा परेको छ ।
म्याद थप र मुद्दा बुझाउने विषयमा अदालत र सरकारी वकिलसँग परामर्श गरिने खड्काले बताए ।
![](https://esajhakura.com/wp-content/uploads/2020/12/belbase-suppliers-final-ads.gif)
प्रतिक्रिया