

वाणगंगामा १२० जनाको स्वाब सकंलन गरीदैँ ।।



भाद्र ८ कपिलवस्तु
कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा समुदायमा कोरोना देखिएपछि पिसिआर परिक्षणको दायरालाई बढाइएको छ । धमाधम समुदायमा कोरोना फैलिन थालेपनि नगरपालिका पनि कोरोना नियन्त्रणका लागी तोतेको छ । पछिल्लो समय नगरपालिकाले देनिक जसो स्वाब सकंलनलाई तिव्रता दिएको छ भने संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको पहिचान र तथ्याङ्क संकलनको काम पनि भईरहेको छ ।
नगरपालिकाले आज सक्रमितको कन्ट्रयाक्टमा आएका ९१ जनासहित कुल १२० जनाको स्वाब सकंलन गर्ने भएको छ । बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार नगरपालिकामा कोरोना लागेका १३ सक्रिय संक्रमितहरु रहेका छन् । उनीहरुको सम्पर्कमा रहेका सबैको परिक्षण गरीने पौडेलले जानकारी दिनुभयो ।



प्रतिक्रिया