उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार बुधबार वडा नंं.१३ का ६ जना, वडा नंं. ६ का ४ जना, वडा नं. ४ का २ जना तथा वडा नंं. ३, १२ र १५ मा एक-एकजना संक्रमित थपिएका छन् ।
बुधबार थपिएका ३२ जनामध्ये एकजना उपमहानगरपालिकाकै कर्मचारी हुन् । यसअघि उपमहानगरपालिकाका दुई अधिकृतसहित चारजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । बुटवल उपमहानगरपालिकामा देखिएका १ सय २७ जना संक्रमितमध्ये १०१ जना सक्रिय संक्रमित रहेका छन् । बुटवलमा हालसम्म वडा नंं ११ पछि वडा नं १३ मा २२ जना, वडा नंं ६ मा १२ जना, वडा नंं। १० मा ९, वडा नंं ८ मा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै वडा नंं १, २, ३, १४ र १७ मा २–२ जना, वडा नं। ४ मा ४ जना, ५ मा ३ जना, वडा नंं ९, १५,१६ र १९ मा संक्रमितको संख्या एक–एक जना रहेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।
प्रतिक्रिया