

वाणगंगा ७ मा चोरीका घटना बढे, मन्दिरको दान पेटिका नै चोरी

साउन ३२ कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ भित्रका विभिन्न क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन् ।
केही साता यता घेरवा बनागाई क्षेत्रमा रातिको समयमा सवारी साधन देखि नगद सम्म चोरी भएका छन् । गय राति पनि वडा नम्बर ७ घेरवा बनगाई स्थित शिवालय मन्दिर भित्रको दान पेटिका चोरी भएको छ । मन्दिर भित्र राखिएको दान पेटिका रातको समयमा चोरी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दान पेटिका भित्र करिब ८ देखि १० हजार रुपैया रहेको बताइएको छ । मन्दिर परिसरका पसलमा जडान गरिएका सिसि क्यामेर फुटेजका आधारमा मोटरसाईकलमा आएका व्यक्तिहरु मन्दिरमा प्रवेश गरेको देखिएको छ तर सवारी नम्मबर भने नखुलेको बताइएको छ ।
यस्तै गय राती नै वडा नम्बर ७ कै एक पसलमा पनि चोरीको प्रयास भएको छ । यद्यपि चोरहरुको समुह भने राति नै भागेको स्थानियले बताएका छन् । केही दिन अघि वडा नम्बर ७ बाटै एक मोटरसाईकल समेत चोरी भएको थियो ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया