
वाणगंगा ७ मा चोरीका घटना बढे, मन्दिरको दान पेटिका नै चोरी




साउन ३२ कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ भित्रका विभिन्न क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन् ।
केही साता यता घेरवा बनागाई क्षेत्रमा रातिको समयमा सवारी साधन देखि नगद सम्म चोरी भएका छन् । गय राति पनि वडा नम्बर ७ घेरवा बनगाई स्थित शिवालय मन्दिर भित्रको दान पेटिका चोरी भएको छ । मन्दिर भित्र राखिएको दान पेटिका रातको समयमा चोरी भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दान पेटिका भित्र करिब ८ देखि १० हजार रुपैया रहेको बताइएको छ । मन्दिर परिसरका पसलमा जडान गरिएका सिसि क्यामेर फुटेजका आधारमा मोटरसाईकलमा आएका व्यक्तिहरु मन्दिरमा प्रवेश गरेको देखिएको छ तर सवारी नम्मबर भने नखुलेको बताइएको छ ।
यस्तै गय राती नै वडा नम्बर ७ कै एक पसलमा पनि चोरीको प्रयास भएको छ । यद्यपि चोरहरुको समुह भने राति नै भागेको स्थानियले बताएका छन् । केही दिन अघि वडा नम्बर ७ बाटै एक मोटरसाईकल समेत चोरी भएको थियो ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया