

कपिलवस्तुमा कोरोनाका कारण फेरी एक को मृत्यु, मृतकको संख्या २ पुग्यो



साउन ३१ कपिलवस्तु । कपिलवस्तु कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुष रहेका छन् । उनी बिरामी परेपछि साउन २८ गते लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारका लागि गएका थिए । उनको उपचारका क्रममा गरिएको स्वब परिक्षणमा नतिजा कोरोना पोजेटिभ आएको थियो । उनको सोही अस्पतालमा शनिबार बिहान मृत्युु भएको स्वास्थय कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।
मृत्यु भएका पुरुष मायादेबी गाउपालिका– ७ का ४२ बर्षिय राम कुमार चौधरी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको स्वस्थ्य कार्यालयका फोकल पर्सन थापाले बताउनुभयो ।
उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।यो सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई पुगको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया