
कपिलवस्तुमा कोरोनाका कारण फेरी एक को मृत्यु, मृतकको संख्या २ पुग्यो




साउन ३१ कपिलवस्तु । कपिलवस्तु कोरोनाका कारण दोस्रो व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर ७ का ४० वर्षका पुरुष रहेका छन् । उनी बिरामी परेपछि साउन २८ गते लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचारका लागि गएका थिए । उनको उपचारका क्रममा गरिएको स्वब परिक्षणमा नतिजा कोरोना पोजेटिभ आएको थियो । उनको सोही अस्पतालमा शनिबार बिहान मृत्युु भएको स्वास्थय कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।
मृत्यु भएका पुरुष मायादेबी गाउपालिका– ७ का ४२ बर्षिय राम कुमार चौधरी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचारका क्रममा मृत्यु भएको स्वस्थ्य कार्यालयका फोकल पर्सन थापाले बताउनुभयो ।
उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो ।यो सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई पुगको छ ।


खबर सबै
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
-
कपिलवस्तुमा आँप टिप्न जाँदा हाँगो भाँचिएर बालिकाको मृत्यु
प्रतिक्रिया