

कोरोना परीक्षण : कोशीमा पोजेटिभ, प्रदेश ल्याबमा नेगेटिभ !



कोरोना परीक्षण : कोशीमा पोजेटिभ, प्रदेश ल्याबमा नेगेटिभ !
स्वास्थ्यमा समस्या आएपछि विराटनगर महानगरपालिका-१० का ६३ वषर्ीय रमेश अग्रवालले बिहीबार कोशी अस्पतालको फिबर क्लिनिकमा गएर कोरोना भाइरस (कोभिड-१९) परीक्षणका लागि स्वाब दिए ।
कोशीको रिपोर्ट नआउँदै स्वास्थ्य गम्भीर बन्यो । आफन्तले शुक्रबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रठिष्ठान धरान पुर्याए । धरानले पनि उनको स्वाब संकलन गर्यो । मृगौलासम्बन्धी समस्या देखिएकाअग्रवालको उपचारका क्रममा मृत्यु भयो ।
तर २४ घण्टाभन्दा कम अन्तरमा दुई ठाउँमा दिएको स्वाबको रिपोर्ट भने अलग-अलग आएको छ ।
धरानले प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर पठाएको स्वाब परीक्षण गर्दा नेगेटिभ आएको छ ।
प्रदेश प्रयोगशालामा कोरोना जाँचका लागि पोर्टेबल पीसीआर मेसिन छ, जसले अन्य मेसिनको तुलनामा छिटो रिजल्ट दिने भएकाले प्रदेशका अस्पतालहरुले इमरजेन्सी अवस्थाका शंकास्पद विरामीको स्वाब प्रदेशमा पठाउँदै आएका छन् ।
रिपोर्ट नेगेटिभ आएपछि अस्पताल प्रशासनले थोरै मलामी जाने सर्तमा शव आफन्तको जिम्मा लगायो ।
तर कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अग्रवालको रिपोर्ट पोजेटिभ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनका अनुसार कोशीमा स्वाब पहिला दिएकाले त्यसलाई नै आधार मानेर मृतकका आफन्तको पीसीआर जाँच गरिने छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगरका सूचना अधिकारी प्रकाश कार्कीले भने मेसिनको खराबी नभई स्वाब संकलनमा ध्यान नदिए रिपोर्टमा फरक आउनसक्ने बताउँछन् ।


खबर सबै
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित
-
रास्वपा कपिलवस्तु जिल्ला अधिवेशन : आकांक्षि धेरै, सहमति की निर्वाचन ?
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
भारतमा कक्रोच जनता पार्टी पहिलो पटक निस्कियो सडकमा
-
अत्याधिक गर्मीको असर : बाणगंगा र कपिलवस्तु नगरपालिकामा तीन दिन विद्यालय बन्द
-
विश्व वातावरण दिवसमा ‘जस्मिन बड्स’का विद्यार्थीहरूले गरे वृक्षरोपण
-
जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सचेतना कार्यक्रम
-
के हुन्छ दिनहुँ कागती पानी पिउँदा ?
-
रास्वपाको जिल्ला अधिवेशन : कपिलवस्तुसहित आज ३६ जिल्लामा हुदै











प्रतिक्रिया