अष्ट्रेलियामा यस वर्ष हुने भनिएको टी–२० विश्वकप कोरोना महामारीको कारण स्थगित भएपछि २०२१ मा भारत र अष्ट्रेलियामध्ये कसले विश्वकप आयोजना गर्ने भन्ने बहस चलेको थियो । तर अब आईसीसीले २०२१ मा भारतमै विश्कप हुने निर्णय गरेपछि त्यसको अन्योलता हटेको छ ।
अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–२० विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरिएको छ ।
अष्ट्रेलियामा यसै वर्ष अक्टोबरमा आयोजना हुने भनिएको टी–२० विश्वकप कोरोना भाइरस महामारीको कारण २०२१ सम्मको लागि स्थगित गरेको थियो ।
त्यस्तै आगामी वर्ष न्युजिल्याण्डमा हुने भनिएको महिलाको एक दिवसीय विश्वकप क्रिकेट भने एक वर्ष पछि सारिएको छ । अब महिलाको विश्वकप सन् २०२२ मा हुनेछ ।
प्रतिक्रिया