युद्धबिराम घोषणा गरेकै दिन अफगानस्तानमा आत्मघाती विष्फोट

अफ्गानिस्तानको लोगार प्रान्तमा आत्माघाती कार बम विष्फोटमा परि कम्तिमा १७ जनाको मृत्यु भएको छ ।लोगार प्रान्तका गर्भनरको कार्यालय रहेको व्यस्त बजारमा एक जना आत्माघाति चालकले कार विष्फोट गराएका हुन् । मुस्लिमहरुको पर्व इदको लागि पुली आलम बजारमा किनमेलमा व्यस्त सर्वसाधारणकमाझ विष्फोट गराईदा २१ जना घाइते भएका छन् ।
तालिवान विद्रोहीले आजदेखि तीन दिनसम्म इदका लागि युद्धविराम घोषणा गरेकै दिन शक्तिशाली विष्फोट भएको हो ।

प्रतिक्रिया