

हास्यकलाकार मनोज गजुरेल नयाँ अवतारमा



आजबाट सुरु हुने ‘गाईजात्रा विशेष कार्यक्रम’ मा उनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयेससको नक्कली भूमिकामा देख्न पाइने भएको हो ।
‘कोभिड–१९’को त्रास र पीडासँग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्देश्यले आज साउन १५ गतेदेखि ‘गाईजात्रा विशेष कार्यक्रम’ एपीवान टेलिभिजन र गजुरेल युट्युवबाट साँझको ८ देखि ९ बजेसम्म हेर्न सकिनेछ ।
उत्प्रेरणा र हौसलाको सांस्कृतिक पर्व गाईजात्राको अवसर पारेर ब्राण्डवर्थ प्रालिले कोरोना संक्रमण फैलावटको जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएको मापदण्ड भित्र रहेर डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न कार्यक्रम निर्माण गरेको ब्राण्डवर्थ प्रालिका प्रमुख कार्यकारी निर्देशक मोहन गजुरेल बताए ।
कार्यक्रममा कलाकार मनोज गजुरेललाई डब्लुएचओका प्रमुख टेड्रोसको अलवा क्याप्नेटन पिके गजुरेललगायत धेरै भूमिकामा देख्न सकिनेछ ।
कार्यक्रममा कलाकारहरु यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे, सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ ।
त्यसैगरी यो गाईजात्रा विशेष कार्यक्रममा सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्ले, सुमन कार्की, दीपक आचार्य ‘काकु’, रवी डंगोल, पूर्ण थापा, बबिता बानियाँ ‘जेरी’, सुनिता गौतम ‘मुईया’, सन्देश लामिछाने ‘बट्टारे’, रुबिना अधिकारी, अर्जुन दहाल, भरतमणी पौडेल, टेक बहादुर कोईराला, रत्नावली शर्माको अलवा पहिलो कमेडी च्याम्पियनका हिमेश पन्त, दले दाई, खबपु, मेक्सम गौडेल, सुमन कार्की लगायतको प्रस्तुति रहनेछ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया