शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न

विद्यार्थीहरूको व्यक्तित्व विकास र शिक्षामा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले क्वेस्ट नेपाल (QUEST-NEPAL) र लुम्बिनी हबको संयुक्त आयोजनामा “SQC Facilitators’ Skills तालिम सम्पन्न भएको छ। ३ दिनसम्म चलेको सो तालिम बाणगंगा-४ स्थित पन्जाबी तड्का पार्टी प्यालेसमा एक समारोहका बीच समापन गरिएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय सदस्य सुन्दर पाण्डेले विद्यालय स्तरबाटै विद्यार्थीहरूमा समस्या समाधान गर्ने सीप विकास गर्न स्टुडेन्ट्स क्वालिटी सर्कल (SQC) को भूमिका अपरिहार्य रहेको बताउनुभयो ।


यसैगरी कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय संघका अध्यक्ष एवं भूतपूर्व प्याब्सन केन्द्रीय सदस्य गुणाखर गैरे ,लुम्बिनी हब सेन्टर तथा क्वेस्ट नेपालका कार्यकारिणी सदस्य मिलन भण्डारी, प्याब्सन बाणगंगा नगर कमिटीका प्रतिनिधि अन्जित खनालले तालिममा सिकेका ज्ञानलाई कक्षाकोठामा प्रभावकारी ढंगले लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।


विभिन्न विद्यालयबाट सहभागी शिक्षकहरूले तीन दिनसम्म विभिन्न SQC टुलहरू र केस स्टडीको बारेमा सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको बताएका थिए। कार्यक्रममा लुम्बिनी हब तथा क्वेस्ट नेपालका कार्यकारिणी सदस्य मिलन भण्डारी, लुम्बिनी हबका सचिव तथा एसक्युसी मास्टर ट्रेनर डम्बर बहादुर सोमै, SQC काउन्सिल सदस्य तथा एसक्युसी मास्टर ट्रेनर रञ्जित कुर्मी तथा मास्टर ट्रेनर अनिल कुमार वर्मा लगायतले प्रशिक्षण दिनुभएको थियो।


कार्यक्रममा चिल्ड्रेन्स प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य माधव बेल्बासे, युनाइटेड स्टुडेन्ट्स एकेडेमीका प्राचार्य तिर्सना घिमिरे साथै माउन्ट एभरेष्ट इङ्लिस एकेडेमीका प्राचार्य तथा ‘११ औं हब सम्मेलन २०२६’ का सह-संयोजक दिप कुमार चौधरी, लुम्बिनी हबका कोषाध्यक्ष महेश पन्थी, SQC मास्टर ट्रेनरहरु गिर्जेश कुमार चौधरी र श्रीधर पन्थीको विशेष उपस्थिति रहेको थियो।

लुम्बिनी हबका संयोजक तथा SQC मास्टर ट्रेनर मदन मल्लको अध्यक्षता ,केन्द्रीय प्याब्सन सदस्य तथा हथौसा लिटल स्टार इङ्लिस बोर्डिङ स्कुलका प्राचार्य सुन्दर पाण्डेको प्रमुख आतिथ्यता साथै लुम्बिनी हबका सचिव तथा SQC मास्टर ट्रेनर डम्बर बहादुर सोमैको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यस तालिमले आगामी दिनमा कपिलवस्तु र आसपासका विद्यालयहरूमा गुणस्तरीय शिक्षा र विद्यार्थीको चौतर्फी विकासमा महत्त्वपूर्ण इँटा थप्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

खबर सबै