

दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ, दुई दिनमा ६५ जना नियन्त्रणमा




दाङ – लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानलाई सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको विशेष अप्रेशन अन्तर्गत दाङमा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले मिति २०८३ वैशाख १० गते साँझ करिब ७ बजे गढवा गाउँपालिका वडा नं. १ धानखोलाबाट २७ वर्षीय गोविन्द घर्ति मगरलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार धानखोलाबाट जुरेनीतर्फ ब्राउन सुगर बिक्री वितरण गर्न जाँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा प्र.नि.को कमाण्डमा खटिएको टोली तथा अस्थायी प्रहरी पोस्ट कालाकाटेबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
उनको साथबाट लुकाई छिपाई राखिएको १३.३८ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी घर तथा कोठा खानतलासी गर्दा थप २.५० ग्राम पदार्थ फेला परेपछि जम्मा १५ ग्राम ८८ मिलिग्राम लागुऔषध बरामद गरिएको हो।
पक्राउ परेका व्यक्तिको साथबाट लागुऔषध ओसारपसार तथा सम्भावित कारोबारमा प्रयोग भएको बा ८५ प १९५१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। यसैबीच, जिल्लामा सञ्चालन भइरहेको अभियान अन्तर्गत विगत दुई दिनमा लागुऔषध सेवन, बिक्री वितरण तथा ओसारपसारमा संलग्न आशंकामा ६५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जसमा वैशाख १० गते मात्रै ३८ जनालाई नियन्त्रणमा लिएर परीक्षण (स्क्यानिङ) भइरहेको छ।


खबर सबै
-
विश्वकप लिग –२: नेपाल ३७ रनले विजयी
-
गर्भपतन गराउँदा महिलाको मृत्यु प्रकरणः संलग्न चिकित्सकमाथि कारबाही, दुई फार्मेसी बन्द गर्न सिफारिस
-
दाङमा ब्राउन सुगरसहित एक जना पक्राउ, दुई दिनमा ६५ जना नियन्त्रणमा
-
कपिलवस्तुसहित पश्चिम तराईमा बढ्याे गर्मी : जनजीवन कष्टकर बन्दै, स्वास्थ्य जोखिम बढ्दै
-
बुवाको हत्या आरोपमा छोरा पक्राउ
-
लुम्बिनी प्रदेश सरकार : सानो आकारको बजेट ल्याउने तयारी
-
कपिलवस्तुसहित पश्चिम तराईमा बढ्याे गर्मी : जनजीवन कष्टकर बन्दै, स्वास्थ्य जोखिम बढ्दै
-
बुवाको हत्या आरोपमा छोरा पक्राउ
-
लुम्बिनी प्रदेश सरकार : सानो आकारको बजेट ल्याउने तयारी
-
कतारबाट मात्रै २१ हजार नेपाली स्वदेश फिर्ता
-
लमही बसपार्कका अस्थायी टहरा हटाइने
-
शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप











प्रतिक्रिया