प्युठानमा पिकअप भ्यान दुर्घटना, ४ जना घाइते

प्युठान । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भ्यान शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो । लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जनाइएको छ ।
जिल्ला प्रहरीले कार्यालय प्युठानका डिएसपी नरहरि अधिकारीले दुर्घटनामा परेको भ्यान रास्वपाको चुनावी प्रचार प्रयोग भए पनि आज भने मर्मतका लागि ल्याउँदा दुर्घटनामा भएको बताए।

घाइते हुनेहरूमा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन् ।


दुर्घटनामा लमही नगरपालिका–६ देउपुर दाङ बस्ने वर्ष २६ का दीपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी पनि घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै