

चार लाख रुपैयाँ बढीको भन्सार छलीको सामग्री बरामत



रुपन्देही प्रहरीले भन्सार छलेर ल्याएका चार लाख रुपैयाँभन्दा बढीको सामग्री बरामत गरेको छ ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर ल्याउँदै गरेको चार लाख रुपैयाँ भन्दा बढीको लत्ताकपडा र कस्मेटिक्सको सामग्री बरामत गरेको जनाएको छ ।
मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले चेकजाँच गर्दा चार लाख २४ हजार ९४८ रुपैयाँ बराबरको सामग्री बरामत गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
जसमा रुपन्देही रोहिणी गाउँपालिका- १ र २ बाट बच्चाको सेट कपडा ९० सेट, बच्चाको टिसर्ट ३०० पिस, अन्डरवयर ४४० थान र बिजुली तथा हार्डवयरका सामान बरामत भएको प्रहरीले जनाएको छ । जसको मूल्य दुई लाख १५ हजार ४०० रहेको प्रहरीले भनेको छ ।
यस्तै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ८ बाट दुई लाख ९ हजार ५४८ रुपैयाँ बराबरको कस्मेटिक सामग्री फेला परेको पनि प्रहरीले जनाएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया