

कपिलवस्तुमा ४ जना फरार प्रतिवादी पक्राउ





कपिलवस्तु । विभिन्न मुद्दामा फरार रहेका चार जना प्रतिवादीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार विशेष सूचनाको आधारमा जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि कपिलवस्तु जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा दोषी ठहर भएका एक जना प्रतिवादीलाई १ वर्ष ३ महिना कैद र रु. ६५ हजार जरिवाना सजाय तोकिएको थियो। यस्तै, गर्भ संरक्षण विरुद्धको कसुर सम्बन्धी मुद्दामा दोषी ठहर भएका तीन जना प्रतिवादीलाई फरक–फरक अवधिको कैद सजाय सुनाइएको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तु सूचना अधिकारी रिपेन्द्रकुमार सिंहका अनुसार उनीहरूको ठेगाना कपिलवस्तु मायादेवी गाउँ पालिका– १ र ५ रहेको उल्लेख्य गरे पनि नामलाई कोड भाषा प्रयोग गरिएको छ।
जिल्ला प्रहरी कार्यालयले अदालतबाट भएका फैसलाको प्रभावकारी कार्यान्वयनका लागि फरार प्रतिवादी खोजतलास तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया