अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’

रामबहादुर गन्धर्व, कपिलवस्तु | रूपन्देहीको बुटवल उपमहानगरपालिका -११ मजुवाका इन्द्र नेपाली आफ्नो सानो ब्यवशायबाट परिवार धान्दै आत्मानिर्भरको जीवन जिउँदै आएका छन् ।बाल्यकालदेखि नै अभाव र संघर्ष झेलेका नेपाली आज तरकारी तथा फलफूल ब्यापारमार्फत दैनिक गुजारा चलाउन सफल भएका छन् ।

गुल्मीको मुसिकोट नगरपालिका -१पौदींमा २०४०सालमा जन्मिएका नेपालीले सानै उमेरमा अभिभावक गुमाएको बताए । उनी सानो छँदा बुवा बेपत्ता भएका थिए । आमाले पनि पुनः बिवाहा गरेपछि नेपाली हजुर आमाको संरक्षणमा हुर्किए। कमजोर पारिवारिक अवस्थाका कारण कक्षा ५ पछि पढाइ छाडनु परेको थियो । त्यसपछि गाउँमै खेतिकिसानी गर्दै जिविका चलाउदै आएका उनी गाउँमा मात्रै बस्दा जीवन धान्न कठिन भएपछि बैदशिक रोजगारीको बाटो रोज्न बाध्य भए । बैदेशिक रोजगारीका लागि ऋण खोजेर २०६५सालमा खाडी पुगेका नेपालीले त्यहाँ पाँच बर्ष मजदुरी गरे ।

उक्त अवधिमा केही पैसा कमाए पनि बैदेशिक रोजगारीबाट घर फर्किएपछि उनको हजुरआमा संसार छाडनु भयो र २०७०सालमा परिवारको भविष्य सुनिश्चित गर्ने उद्देश्यले उनी बुटवल झरें ।यहाँ चिनेजानेको,नजिक्को आफ्न्त कोहीपनि थिएन ।त्यसयता मजुवामा बसोबास गर्दै आएका उनले २०७१सालदेखि सानो लगानीमा तरकारी र फलफूलको ब्यापार सुरु गरेका थिए ।हाल उनी किसानका खेतबारी तथा होलसेल पसलबाट तरकारी र फलफूल खरिद गरि बुटवलका विभिन्न सडकपेटी र घरघरसम्म पु-याएर बिक्री गर्नु उनको दैनिकी बनेको छ।

हाबजार लाग्ने दिनमा बजारमा बसेर ब्यापार गर्दै आएको उनले बताए ।सडकपेटीमा ब्यापार गर्दा कहिलेकाही नेपाल प्रहरी र नगर प्रहरीबाट हटाइने तथा दुर्ब्यहार सहनु परेको उनले सुनाए । बिगत १२बर्षदेखि तरकारी र फलफूल बेचेर पाँच जनाको परिवार धानेको छु।।नेपालीले भने धेरै बचत गर्न सकेको छैन् तर दैनिक खर्च चलिरहेको छ,यही नै मेरो सन्तुष्टि हो। नेपालीका श्रीमती सहित ३छोरी र १छोरा छन् । जेठी छोरीको बिवाहा भैसकेको छ भने माइली छोरी बुटवल बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत छन् ।अर्की छोरी उजिरसिहं मा।वि।मा कक्षा १२ मा र छोरा कक्षा १०मा अध्ययनरत छन् ।

आर्थिक अभावका बावजुत पनि छोराछोरीको शिक्षालाई निरन्तरता दिइरहेका नेपालीको कथा संघर्ष र आत्मानिर्भरताको उदाहरण बनेका छन् ।यो सानो ब्यवशाय भएपनि निरन्तर परिश्रम र धैर्यताले जीवन धान्न सकिन्छ भन्ने सन्देश उनले दिएका छन् ।

प्रतिक्रिया

खबर सबै