

इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा





विश्व बजारमा कच्चा तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले बढेर सन् २०२२ पछिको उच्चस्तरमा पुगेको छ । होर्मुज जलमार्गबाट हुने आपूर्तिमा लामो समयसम्म अवरोध पुग्न सक्ने चिन्ताका कारण तेलको मूल्य बढेको हो ।
इरानी निर्यातमा अमेरिकी नाकाबन्दी लम्बिने संकेत गरिएको छ । साथै, आणविक वार्तामा आएको अवरोधका कारण तेलको आपूर्ति लामो समयसम्म अभाव हुने डरले बिहीबार पनि कच्चा तेलको मूल्यमा वृद्धि भएको बताइएको छ ।
यो रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल मानक ‘ब्रेन्ट क्रुड’को मूल्य बढेर १२० डलर प्रतिब्यारेल पुगेको छ । यो ३१ मार्च पछिको एक महिनाकै उच्च स्तर हो । अमेरिकी ‘डब्लुटिआई क्रुड’ पनि उकालो लाग्दै १०७.०९ डलर प्रतिब्यारेल पुगेको छ । यससँगै तेलको मूल्यमा विगत आठ दिनदेखि लगातार वृद्धिको क्रम जारी छ ।
वाल स्ट्रिट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूलाई इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी गर्न निर्देशन दिएको खबर छापेको थियो । त्यसपछि बुधबार ब्रेन्ट क्रुडको मूल्य करिब ६ प्रतिशत र डब्लूटीआईको मूल्य सात प्रतिशतले बढेको बताइएको छ ।
यसले पश्चिम एसियाको यो महत्त्वपूर्ण तेल उत्पादक क्षेत्रबाट हुने आपूर्तिमा अवरोध अझ लामो समयसम्म रहने आशंका बढाएको छ ।
यो वृद्धि यस्तो समयमा आएको हो जब ‘एक्सियोस’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग पुनः खोल्ने तेहरानको प्रस्तावलाई अस्वीकार गरेको रिपोर्ट सार्वजनिक गरेको छ । यसले एउटा बृहत्तर आणविक सम्झौता नभएसम्म अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने संकेत गरेको बताइएको छ ।
बुधबार ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ पोस्टमार्फत इरानलाई धम्की दिँदै लेखेका छन्, “त्यो देशले (इरानले) चाँडै चतुरता देखाउनु राम्रो हुनेछ !”


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया