

नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी


नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिप्रति औपचारिक रूपमा माफी मागेको छ।
एयरलाइन्सले हालै सार्वजनिक गरेको उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटि रहेको स्वीकार गर्दै सो सामग्रीले नेपाल सरकार वा कम्पनीको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ।
‘हामीले हालै हाम्रो सामाजिक सञ्जालमार्फत साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हार्दिक रूपमा क्षमाप्रार्थी छौँ। उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटिहरू रहेका थिए, जसले नेपाल सरकार वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्,’ एयरलाइन्सले भनेको छ।
एयरलाइन्सका अनुसार विवादित पोस्ट तत्काल हटाइएको छ भने यस्ता त्रुटि पुनः नदोहोऱ्याउन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको छ।
एयरलाइन्स भन्छ, ‘हामीले उक्त पोस्ट तुरुन्तै हटाएका छौँ र भविष्यमा यस्ता सामग्रीहरू उच्चतम शुद्धता मापदण्डअनुसार तयार पारिने सुनिश्चित गर्न आन्तरिक समीक्षा गरिरहेका छौँ।’
एयरलाइन्सले क्षेत्रका छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उक्त पोस्टका कारण कसैलाई असुविधा वा अपमान भएको भए त्यसप्रति गहिरो खेद व्यक्त गरेको छ। उसले भनेको छ, ‘हामी क्षेत्रका छिमेकी तथा मित्र राष्ट्रहरूसँगको हाम्रो सुदृढ सम्बन्धलाई उच्च महत्व दिन्छौँ र यस पोस्टले कुनै असुविधा वा अपमान पुर्याएको भए त्यसप्रति गहिरो खेद प्रकट गर्दछौँ।’


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया