

नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी



नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको नेटवर्क नक्सामा भएको त्रुटिप्रति औपचारिक रूपमा माफी मागेको छ।
एयरलाइन्सले हालै सार्वजनिक गरेको उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटि रहेको स्वीकार गर्दै सो सामग्रीले नेपाल सरकार वा कम्पनीको आधिकारिक धारणा प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ।
‘हामीले हालै हाम्रो सामाजिक सञ्जालमार्फत साझा गरिएको नेटवर्क नक्सामा भएको त्रुटिका लागि हार्दिक रूपमा क्षमाप्रार्थी छौँ। उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटिहरू रहेका थिए, जसले नेपाल सरकार वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित गर्दैनन्,’ एयरलाइन्सले भनेको छ।
एयरलाइन्सका अनुसार विवादित पोस्ट तत्काल हटाइएको छ भने यस्ता त्रुटि पुनः नदोहोऱ्याउन आन्तरिक समीक्षा प्रक्रिया सुरु गरिएको छ।
एयरलाइन्स भन्छ, ‘हामीले उक्त पोस्ट तुरुन्तै हटाएका छौँ र भविष्यमा यस्ता सामग्रीहरू उच्चतम शुद्धता मापदण्डअनुसार तयार पारिने सुनिश्चित गर्न आन्तरिक समीक्षा गरिरहेका छौँ।’
एयरलाइन्सले क्षेत्रका छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई उच्च महत्व दिने उल्लेख गर्दै उक्त पोस्टका कारण कसैलाई असुविधा वा अपमान भएको भए त्यसप्रति गहिरो खेद व्यक्त गरेको छ। उसले भनेको छ, ‘हामी क्षेत्रका छिमेकी तथा मित्र राष्ट्रहरूसँगको हाम्रो सुदृढ सम्बन्धलाई उच्च महत्व दिन्छौँ र यस पोस्टले कुनै असुविधा वा अपमान पुर्याएको भए त्यसप्रति गहिरो खेद प्रकट गर्दछौँ।’


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया