

कपिलवस्तु कांग्रेसबाट ४५ बढि प्रतिनिधि विशेष महाधिवेशनमा सहभागि हुँदै



कपिलवस्तु । नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका भन्दै कपिलवस्तु जिल्लाबाट ४५ बढी प्रतिनिधि काठमाण्डौँ प्रस्थान गरेका छन् । कांग्रेस युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको हो ।
युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली महाधिवेशनमा सहभागि हुन लागेको कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले बताए । सचिव ठकुरीका अनुसार कपिलवस्तु जिल्लाभर ७५ बढी महाधिवेशन प्रतिनिधि छन् । ति मध्ये यो विशेष महाधिवेशनमा सहभागि हुन ४५ बढी सहभागि हुने उनले बताए ।
कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं गएको हो ।
टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
महाधिवेशनमा सहभागि हुन कपिलवस्तुबाट जाने प्रतिनिधि र समर्थकको नेतृत्व गरेका नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य सहभागिता जनाइएको हो ।
कांग्रेसको विशेष महाधिवेशनलाई लिएर कपिलवस्तुमा समेत उत्साहको माहोल देखिएको छ । पार्टी नेतृत्व, नीति तथा भावी कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षासहित कपिलवस्तुबाट गएको टोलीले महाधिवेशनमा प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीय कांग्रेस कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया