
कपिलवस्तु कांग्रेसबाट ४५ बढि प्रतिनिधि विशेष महाधिवेशनमा सहभागि हुँदै

कपिलवस्तु । नेपाली कांग्रेसको विशेष महाधिवेशन सफल बनाउनका भन्दै कपिलवस्तु जिल्लाबाट ४५ बढी प्रतिनिधि काठमाण्डौँ प्रस्थान गरेका छन् । कांग्रेस युवा नेता गोविन्द केसीको नेतृत्वमा कांग्रेसको टोली काठमाडौं प्रस्थान गरेको हो ।
युवाहरूलाई नेतृत्वमा अघि सार्दै पार्टीभित्र लोकतन्त्र संरक्षण र सुदृढीकरण गर्ने उद्देश्यका साथ टोली महाधिवेशनमा सहभागि हुन लागेको कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले बताए । सचिव ठकुरीका अनुसार कपिलवस्तु जिल्लाभर ७५ बढी महाधिवेशन प्रतिनिधि छन् । ति मध्ये यो विशेष महाधिवेशनमा सहभागि हुन ४५ बढी सहभागि हुने उनले बताए ।
कांग्रेसको विशेष महाधिवेशन यही महिनाको २७ र २८ गते काठमाडौंमा आयोजना हुँदैछ । उक्त महाधिवेशनमा सहभागी हुन कपिलवस्तुबाट दलबलसहितको टोली काठमाडौं गएको हो ।
टोलीमा नेपाली कांग्रेसका स्थानीय तथा जिल्ला स्तरका नेताहरू, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
महाधिवेशनमा सहभागि हुन कपिलवस्तुबाट जाने प्रतिनिधि र समर्थकको नेतृत्व गरेका नेता केसीका अनुसार विशेष महाधिवेशन पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर भएकाले कपिलवस्तुबाट उल्लेख्य सहभागिता जनाइएको हो ।
कांग्रेसको विशेष महाधिवेशनलाई लिएर कपिलवस्तुमा समेत उत्साहको माहोल देखिएको छ । पार्टी नेतृत्व, नीति तथा भावी कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुने अपेक्षासहित कपिलवस्तुबाट गएको टोलीले महाधिवेशनमा प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीय कांग्रेस कार्यकर्ताहरूले व्यक्त गरेका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया