

वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो



वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
न्यून पारिश्रमिक, दशैँ भत्ता नपाएको सहजकर्ताको गुनासो
जितपुर, । कपिलवस्तुको वाणगंगा नगरपालिकामा कार्यरत बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो सार्वजनिक भएको छ। एउटै स्थानीय तहमा कार्यरत कर्मचारीमध्ये बालमैत्री सहजकर्तालाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम रकम उपलब्ध गराइएको र नेपालीहरूको महान् चाड बडादशैँमा समेत दशैँ भत्ता नदिइएको भन्दै एक सहजकर्ताले गुनासो गरेकी छन्।सुशासनका क्षेत्रमा अब्बल स्थानीय तहका रूपमा सम्मानित हुनुका साथै लुम्बिनी प्रदेशमै तेस्रो र कपिलवस्तु जिल्लामा पहिलो बालमैत्री स्थानीय तह घोषित भएको वाणगंगा नगरपालिकामै बालमैत्री अभियानमा संलग्न कर्मचारीले न्यून पारिश्रमिक र सेवा सुविधामा विभेद भोग्नुपरेको गुनासो बाहिरिएपछि नगरपालिकाको कर्मचारी व्यवस्थापन र श्रमप्रतिको व्यवहारमाथि प्रश्न उठेको छ।
बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न बालबालिकाको अधिकार संरक्षण, बालश्रम न्यूनीकरण, बालविवाह नियन्त्रण, बालबालिकाको सहभागिता अभिवृद्धि तथा उनीहरूका समस्या पहिचान र समाधानका लागि बालमैत्री सहजकर्ताको भूमिका महत्त्वपूर्ण मानिन्छ। स्थानीय तहमा बालमैत्री अभियानलाई प्रभावकारी बनाउन प्रत्यक्ष रूपमा खटिने सहजकर्ताले नै न्यून पारिश्रमिकमा काम गर्नुपरेको गुनासो उनीहरुले गरृका छन् । त्यसमा पनि दशैँजस्तो महत्त्वपूर्ण चाडमा अन्य कर्मचारीले पाउने सुविधाको तुलनामा आफूहरूलाई बेवास्ता गरिएको उनको गुनासो छ।
नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम रकम उपलब्ध गराइएको भन्ने गुनासोको सत्यता, सहजकर्ताको नियुक्तिको प्रकृति र उनीहरूलाई लागू हुने सेवा सुविधासम्बन्धी कानुनी व्यवस्था स्पष्ट हुन आवश्यक रहेकाे सहजकर्ताहरुले बताएका छन् ।


खबर सबै
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति
-
रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन







प्रतिक्रिया